,कवीन्द्र बुर्लाकोटीले गरे जेनजी हरुको स्वागत

काठमाडौँ । विभिन्न क्षेत्रमा स्थापित तीन सय बढी मधेसी युवाहरू तथा मुस्लिम समुदायका अगुवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल एवं महामन्त्री कवीन्द्र बुर्लाकोटीले स्वागत गरे ।
केही समयअघि जेन–जी अगुवाहरू पनि पार्टी प्रवेश गरेका थिए ।
पछिल्लो समय नयाँ राजनीतिक दलहरूप्रति सबैको चासो बढ्दै गएको छ ।

LEAVE A REPLY