बालेन राष्ट्रिय राजनीतिमा सक्रिय

काठमाडौं । बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर मात्र होइन राष्ट्रिय राजनीतिको सेरोफेरोमा पनि देखा परेका छन् । पछिल्लो समय उनी सक्रिय राजनीतिमा समेत देखा पर्न थाल्नु भएको छ । यसक्रममा उहाँले पूर्व प्रधानमन्त्री तथा राजनीतिज्ञ बाबुराम भट्टराईदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई समेत भेट्नु भएको छ । यदि राजनीतिले कोल्टे फेर्यो भने उनलाई प्रधानमन्त्रीको दाबेदार समेत मानिन्छ । बालेन पनि राष्ट्रिय राजनीतिमा प्रधानमन्त्रीको रुपमा देखा परेका छन् ।
जेनजी आन्दोलनलगतै बनेको नयाँ सरकारको नेतृत्व गर्नबाट पछि हटेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह९बालेन० अन्ततः राजनीतिक सक्रियता बढाउँदै भावी प्रधानमन्त्रीको रुपमा आफुलाई उभ्याउने गृहकार्यमा जुटेका छन् ।
त्यसो त जेनजीहरुले प्रधानमन्त्रीका रुपमा बालेनलाई अघि सारेका थिए तर बालेन पछि हटेपछि उहाँकै इच्छा अनुसार पूर्व प्रधानन्यायधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको थियो । त्यसपछि तीन महिनासम्म शान्त बसेका बालेनले पछिल्लो केही समययता एकाएक राजनीतिक गतिविधि बढाउँदै आफैलाई भावी प्रधानमन्त्रीका रुपमा उभ्याउनु खोजेको देखिन्छ ।
गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनलगतै तत्कालिन केपी ओलीको सरकार ढलेको केही घण्टामा नै बालेनले आफ्नो फेसबुकमा स्टाटस राख्दै जेनजीहरुलाई प्रधानसेनापतिसँग वार्ता गरी निकास निकाल्न आग्रह गर्नुका साथै त्यसको लागि प्रतिनिधि सभा विघटन मुख्य सर्त हुनुपर्ने उल्लेख गरेका थिए । बालेनकै सक्रियतामा प्रतिनिधिसभा विघटन भयो भने सेनाकै सहजीकरणमा सुशीला कार्की नेतृत्वको सरकार पनि बन्यो ।
अब फेरी बालेनको सक्रियतालाई यति बेला सर्वत्र चासोको रुपमा हेरिन थालेको छ । के जेनजीहरु फेरि सडकमा आउँछन् या चुनाव नभएको अवस्थामा देशले बालेनलाई प्रधानमन्त्री पाउछ, त्यो समयले निर्धारण गर्ने विषय हो । जब बालेन ताते प्रमुख दलहरु पनि चुपचाप बस्न थालेका छन् । कोही कोही बालेन जिन्दाबाद भनेर सडकमा उत्रन समेत तयार रहेको अवस्था छ । तर बालेनले पनि समयलाई चिनेको अवस्थामा बालेन पनि कुनै पार्टी खोलेर अघि बढेको अवस्थामा बालेनले मेयर मात्र होइन, त्योभन्दा ठूलो पद पाउने छन् । जसरी राष्ट्रिय राजनीतिमा रवि लामिछाने उदाए त्यसैगरी बालेन पनि उदाउने छन् । जसरी मेयर हर्क साम्पाङले पार्टी खोलेर अघि बढे त्यसैगरी पार्टी खोल्न बालेनले आँट देखाउनुपर्छ । हिजोका दिन जे भयो, भयो अबको समय भनेको युवाहरुकै हो । युवाहरुले राजनीतिलाई नियाली रहेको अवस्था छ । युवा ताते के हुन्न । युवाहरुले चाहेकै पार्टी, युवाहरुले रोजेकै उम्मेदवार जित्ने अवस्था छ । बालेन काठमाडौं महानगरपालिकामा यसरी जते, उनलार्य हजारौं युवाले साथ दिए । त्यसैले बालेनमाथिको युवाहरुको भरोसा टुटिसकेको छैन । बालेनले महानगरमा कुनै चमत्कारीक काम नगरे पनि उनीमाथिको युवाहरुको साथ र सहयोग यथावत देखिन्छ । त्यसैले सबै पार्टीमा बालेनले आकर्षण यथावतै देखिन्छ ।
राजनीतिमा सक्रिय हुने क्रममा मेयर बालेन शाहले जेनजीहरुलाई भन्नुभएको छ– ‘आफुले नेतृत्व गरेको पार्टी नै जेनजीहरुको वास्तविक पार्टी हुने छ ।’
काठमाडौं महानगपालिकाका मेयर बालेन शाहले आफुले नेतृत्व गरेको पार्टी नै जेनजीहरुको वास्तविक पार्टी हुन सक्ने सन्देश दिएका छन् । नेतृत्व विहिन र दल विहिन अवस्थामा रहेका जेनजी प्रतिनिधिहरुलाई भेट गर्दै मेयर बालेनले यस्तो अभिव्यक्ति दिएका हुन् । मेयर बालेनले जेनजीहरुलाई भेट गरेर आफु मुल राजनीतिमा प्रवेश गरेको भन्दै सबै जेनजी एकताबद्ध हुँदै आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गरे । उनले आफ्नो पार्टीमा जेनजीहरुलाई सहभागी गराउने र जेनजी आन्दोलनको म्याण्डेट अनुरुपको पार्टी बनाउने बताए ।
जेनजी फ्रन्टकी संयोजक रक्षा बमलाई सबै जेनजीलाई एकताबद्ध गराउने जिम्मा दिँदै एकता पश्चात जेनजीसँगै आफु नेतृत्वको पार्टी हिड्ने प्रतिबद्धता पनि बालेनको रहेको देखिएको छ । बालेनको प्रस्तावलाई स्वीकार गर्दै जेनजीहरुले पनि सबैलाई एकताबद्ध गरेर अघि बढ्न बालेनलाई आग्रह गर्दै आफुहरु पनि बालेनको पार्टीलाई सघाउने जेनजी प्रतिनिधिहरुले बताएका छन् ।
विषम परिस्थितिमा राजनीतिमा होमिएका बालेनले सन्ध्या खनालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता भएको देश विकास पार्टीबाट राजनीतिक यात्रा अघि बढाउने गरी तयारी गरिरहेको अवस्थामा रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा एकताबद्ध हुन बारम्बार भेटघाट तीव्र बनाएपछि पहिलो वरियातमा रवि लामिछाने र दोस्रो बरियातमा बालेन्द्र शाह रहने समझदारी भएपछि बालेनले रास्वपासँगै मिलेर अघि बढ्ने निर्णय गरी पार्टी एकता गर्ने तयारीमा बालेन लागि परेका छन् ।

LEAVE A REPLY