नेपाली उद्योगका लागि युवाशक्ति चुनौती ?

अर्जुन कुमार काफ्ले
नेपालमा उद्योग व्यवसाय गर्नुपर्दा युवाशक्तिको अभाव छ । कुनै पनि उद्योग व्यवसाय राम्रोसँग सञ्चालन गर्न पर्याप्त युवा र दक्ष युवाजन शक्तिको आवश्यकता
पर्दछ । तर नेपालमा सबै युवा विदेश पलायन हुँदा उद्योग व्यवसायमा युवा चुनौती बनेका छन् । उद्योग व्यवसाय गर्न विदेश पलायन भएका युवा स्वदेश फर्काउने की, विदेशी नागरिक स्वदेश ल्याएर काम गराउने भन्ने कुरामा गहन रुपमा सोच्नुपर्ने राज्यको जिम्मेवारी छ । सस्तो मूल्यमा श्रम गर्न गएका आफ्ना नागरिकयुवाहरु स्वदेश फर्काउनेको विदेशबाट महँगो मुल्यमा कामदार मगाउने भन्ने कुरामा राम्रोसँग लेखाजोखा गर्नु जरुरी भएको छ ।
नेपाली उद्योग व्यवसाय सञ्चालनका लागि युवा विदेश पलायन ठप्पै रोक्ने र पलायन भएका युवालाई स्वदेश फर्काएर क्षमता अनुसारको काम र दाम दिन सक्नु राम्रो पक्ष हो । जसले जति कमिए वा कमाए पनि त्यो पूँजी नेपालमै रहन्छ । विदेशी कामदार ल्याउँदा उसले कमाएको ज्याला वा नगर बाहिरिनु स्वभाविकै हो । अहिले वैदेशिक रोजगारको सिलसिलामा ७० लाख भन्दा बढी युवा विदेश गएको सरकारी तथ्यांंक छ । युवाशक्ति अभाव हुनु र सडक पूर्वाधार समयमै निर्माण नहुनु नेपाली उद्योगका प्रमुख चुनौती हुन् । यिनै कारणले सरकारले पूँजीगत खर्च गर्न सकेको छैन । परनिर्भरता बढी रहँदा अरबौं रकम उपभोग्य सामान आपूर्तिका नाममा बाहिरिइरहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न क्षेत्रमा कुल ७०० उद्योग दर्ता भएका छन् । यी उद्योगका लागि कामदार अभाव छन् । सडक पूर्वाधारको अभाव छ । जसले उत्पादित वस्तुको बजारीकरणमा समस्या आईरहेको छ । दर्ता भएका उद्योगहरुले कर्जा लिँदा उद्योगहरुको औसत क्षमता घटे पनि औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा भने बढेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY