प्राइम कमर्सियल बैंकको १८ औँ साधारणसभाले ८ प्रतिशत बोनस शेयर पारित गर्र्दै डा.गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गर्यो

काठमाडौं । राजधानीको कमल पोखरीबाट वित्तीय सेवा प्रवाह गर्दै आईरहेको सस्था प्राइम कमर्सियल बैंक लिमिटेडले १८ औँ वार्षिक साधारणसभा सम्पन्न ेगरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा बसेको साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको हो। बोनस शेयर कर प्रयोजनका लागि उपलब्ध गराइने पनि सभाले जानकारी दिइएको छ।
साधारण सभाले बैंकको सञ्चालक समितिमा वरिष्ठ आर्थिक पत्रकार डा.गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित पनि गरेको छ । डा. विष्ट यसअघि पनि बैंकको सञ्चालक हुनुहुन्थ्यो।

बैंकले आगामी दिनमा सेवा र शाखा सञ्जाल विस्तार, ग्राहक–केन्द्रित डिजिटल सेवा, र शेयरधनीलाई समयसापेक्ष प्रतिफल वितरण जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

LEAVE A REPLY