काठमाडौँ । ग्लोबल स्मार्ट प्लस एपमा अब लाइभ मार्केट सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई सेकेन्डरी बजारमा भएको सबै कारोबारको रियल टाइम अपडेट प्रदान गर्नेछ।
यस सुविधा अन्तरगत ग्राहकहरूले नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, वाचलिस्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर लिस्ट लगायतका विभिन्न लगानीका अवसरहरूको जानकारी प्राप्त गर्न सक्नेछन्।
त्यसै गरी लाइभ मार्केट सुविधा मार्फत ग्राहकहरूले दोस्रो बजारको सम्पूर्ण जानकारी पाउनेछन् र यसले व्यक्तिगत शेयर लगानी ट्र्याक गर्ने अवसर प्रदान गर्दछ। ग्राहकहरूले खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरेर आफ्नो शेयरको मूल्य र नाफारघाटा रियल टाइममा ट्र्याक गर्न सक्छन्। क्यालकुलेटरको प्रयोगले शेयर किन्ने वा बेच्ने निर्णयमा सही हिसाब किताब गर्न मद्दत पुर्याउँछ, जसले लगानीको योजना बनाउँदा सहयोगी बन्नेछ ।
वाचलिस्ट सुविधाले लगानीकर्ताहरूलाई आफ्नो रोजाईका शेयरहरूको सूची बनाउने अवसर दिन्छ, जसको माध्यमबाट उनीहरू आफ्नो लगानी निर्णय अघि मूल्य परिवर्तन र बजारको ट्रेन्ड निगरानी गर्न सक्छन्। स्टक कम्प्यारिजन सुविधाले ग्राहकलाई शेयरका मूल्य ट्रेन्ड र अन्य सूचकांङ्कहरूको आधारमा तुलनात्मक विश्लेषण प्रस्तुत गर्दछ, जसले लगानी निर्णयमा थप सन्दर्भ प्रदान गर्दछ।
यससँगै, ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूलाई दोस्रो बजारको सम्पूर्ण जानकारी प्राप्त गर्ने अवसर प्राप्त भएको छ, जसले उनलाई स्मार्टफोन प्रयोग गरेर शेयर बजारको गतिविधिहरू ट्र्याक र विश्लेषण गर्नका लागि सुविधाजनक र डिजिटल माध्यम उपलब्ध गराउँछ।
बैंकले यस नयाँ सुविधा सुरुवात गर्नका लागि ग्राहकलाई सहज र सुरक्षित डिजिटल बैंकिङ अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। ग्लोबल स्मार्ट प्लस एपले डिजिटल वित्तीय सेवाहरूमा नयाँ आयाम थप्दै, नेपालमा आधुनिक वित्तीय समावेशीकरणको दिशा तय गर्दैछ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित पनि भइृसकेको छ ।बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरेको छ ।
बैंकका ७७ वटै जिल्लामा ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।यो बैड.क निजी क्षेत्रकै सबै भन्दा ठूलो बैड.क पनि हो ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउ“दै आएको छ । अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउदै आएको छ ।









