रवि लामिछानेको मुद्धा फिर्ता गर्ने सरकारको निर्णयले कानुनी राज्यलाई कमजोर बनाउछः महासचिव पोखरेल

दाङ । एमाले महासचिव शंकर पोखरेलले रबी लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने जनाएका छन् ।
प्रेस चौतारी दाङले बिहीबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले उक्त निर्णय फिर्ता लिन सरकारलाई आग्रह पनि गरेका हुन् ।
नयाँ शक्तिको नाममा कानुनी राज्यलाई चुनौती दिन नमिल्ने जनाउँदै उनले स्वतन्त्र पार्टीलेसमेत यस निर्णयको विरोध गर्न सक्नुपर्ने विचार व्यक्त गरे । प्रहरीको मनोबल गिराएर देशमा शान्ति सुरक्षा कायम गर्न नसकिने उल्लेख गर्दै उनले सरकारको गतिविधि प्रहरीको मनोबल बढाउनतर्फ केन्द्रित नभएको जनाए ।

LEAVE A REPLY