एकता पछि राप्रपा झन् बलियो बन्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपा र राप्रपा नेपालबीच एकतासँगै दुई पार्टीबीच कार्यविभाजन समेत भएको छ । जस अनुसार राप्रपाको वरिष्ठ नेतामा कमल थापा र राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष राजिव पराजुली, तेजकुमार कुरुम्वाङ, जयकुमार खड्कासहित ७ नेतालाई कार्यसम्पादन समितिमा स्थान दिइएको छ ।
निर्वाचनको मुखमा दुई पार्टी एकीकरण भएलगत्तै दुवै पार्टीका नेता, कार्यकर्ता हौसिएका छन् । त्यसो त राप्रपा पटक पटक विभाजित हुँदै आएको छ । ‘कमल थापा राप्रपामा समाहित भएकोमा आफै उत्साहित भएको छु ।’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
राप्रपा नेपालको उपाध्यक्षबाट राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य भएका तेजकुमार कुरुम्वाङ भन्छन्– ‘निर्वाचनको मुखमा राप्रपा र राप्रपा नेपाल एकीकरण भयो । यो राप्रपाको भविष्यका लागि राम्रो कुरा हो । अब एकतालाई देशव्यापी फैलाउनु पर्छ ।’
यसैगरी राप्रपाका वरिष्ठ नेता एवम् वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले भने– ‘यो दुई पार्टी एकताका कार्यकर्ता लागि मात्र नभएर देशभरकै राष्ट्रवादी, राजावादी शक्तिको लागि खुशीको कुरा हो ।’
राप्रपाका नेता डम्बरप्रसाद शिवाकोटीले भने– ‘दुई पार्टी एकता अत्यन्त सकारात्मक थियो, भयो । अब नफुट्ने गरी हामी अघि बढ्नुपर्छ । राप्रपा एकताले हामीले बलियो र राष्ट्रवादी शक्तिको रुपमा देशमा उभ्याएको छ ।’

LEAVE A REPLY