सायमी नेकपामा समाहित

काठमाडौँ । पुष्पकमलद दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी९नेकपा०मा समाहित हुने पार्टीहरुको थपिने शिलशिला बढ्दै गएको छ । यसक्रममा समुन सायमीको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपालएकता पक्ष नेपाली कम्युनिष्ट पार्टीमा सहमत भएको छ । राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा सायमीसहितका नेता तथा कार्यकर्ता नेकपामा समाहित भएको हुन् । उनीहरुलाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतले स्वागत गरे । एकता सहमतिपत्रमा प्रचण्ड र नेपालसहित सायमीले हस्ताक्षर गरे ।
नेपालको विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक परिस्थितिले उत्पन्न गरेको गम्भीर जनजीवनका संकट संरचनागत अन्याय, गैरन्यायिक रुपमा लागु गरिएका सडक तथा खोला मापदण्डका कारण भएको व्यापक विस्थान, सहकारी क्षेत्रमा व्याप्त संगठीत भ्रष्टाचार तथा त्यसबाट पीडित आमनागरिकका मौलिक अधिकार हननप्रति चिन्तित र सजग रहेको सहमतिमा उल्लेख छ ।

LEAVE A REPLY