१४ माघ, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालको रुकुम रोल्पा क्षेत्रमा भारी हिम पात भएको भए पनि काठमाडौं उपत्यकामा भएको थिएन । तर आज भने यस वर्षको पहिलोहिउदे वर्षा भएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागमा मंगलबार रातिदेखि नै वर्षासँगै भारी हिमपात भएको छ ।
काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि धुम्म भए पनि दिउँसो भने वर्षा भएको हो । वर्षासँगै काठमाडौंमा चिसो समेत बढेको छ । तुवाँलो र प्रदूषणले ढाकेको काठमाडौं उपत्यकाको आकाश पनि खुल्ने विश्वास गरिएको छ ।
विभिन्न कामले घरबाहिर निस्किएका सर्वसाधारणहरू रुझेरै आ—आफ्नो गनतव्य तर्फ गइरहेको देख्न सकिन्थ्यो भने कतिपय मानिसहरू छाता तथा रेनकोट ओडेर यात्रा गरिरहेको देख्न सकिन्थ्यो ।माघे झरी पश्चात काडमाण्डौमा माघमहिनाको अन्त्य सँगै जाडो विदा हुने र फाल्गुनमहिनाले गमि लिएर आउने अपेक्षा गरीएको छ र्।









