रुपन्देही एमाले नेता पौडेलद्वारा पार्टी परित्याग

बुटबल । नेकपा एमाले रुपन्देहीका नेता खुमकान्त पौडेलले पार्टी छाडेका छन् ।
रुपन्देही तिलोत्तमा नगरपालिका निवासी पौडेल २२ वर्षदेखि एमालेमा सक्रिय थिए । पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दे पाटी छाडेका घोषणा गरेका हुन् ।
पौडेल तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष, तीन कार्यकाल एमाले रुपन्देहीका सचिवालय सदस्य, इलाका र क्षेत्रीय कमिटी सदस्य रहेका थिए भने हाल नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य थिए ।
उनले सिद्धान्त, नीति र कार्यक्रमलाई आत्मसात गर्दै पार्टीको तल्लो तहदेखि विभिन्न जिम्मेवारीमा रही जिल्ला कमिटी सदस्य, क्षेत्रीय समिति सदस्य तथा निर्वाचन परिचालन कमिटीमा समेत बसेर काम गरेका थिए । तर पछिल्लो समयमा पार्टीमा असन्तुष्ट रहँदै आएका थिए
ुपार्टीमा मौलाएको अधिनायकवाद, नातावाद, घुसखोरी, भ्रष्टाचार, अराजक केन्द्रीयकरण, गुटबन्दीकरणजस्ता प्रवृत्तिहरूले नेकपा एमालेको सदस्यता त्याग गर्न बाध्य भएु उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसअघि उनी एमालेबाट लुम्बिनी प्रदेश महान्याधिवक्तासमेत भएका थिए । एमाले नेता लीला गिरी मुख्यमन्त्री भएका बेला पौडेल महान्याधिवक्ता थिए ।

LEAVE A REPLY