नवल परासी, नेपाली कांग्रेसका नेता विनोद चौधरीले जेनजी आन्दोलनले खोजेको परिवर्तलाई नेपाली कांग्रेसलेकमात्र सस्थागत गर्न सक्ने बताएका छन् ।आगामी फागुन २१ को आम निर्वाचनको सन्दर्भमा नवलपरासी–१ अन्तर्गत बर्दघाट नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गर्ने क्रममा चौरीले त्स्तो कुरा बताएका हुन। कार्यक्रममा बोल्दै कांग्रेसका उम्मेदवार विनोद चौधरीले जेन जी आन्दोलनपछि देशको राजनीतिक परिस्थिति असामान्य मोडमा पुगेको उल्लेख गर्दै उक्त आन्दोलनले देश विकास हुन नसकेको, रोजगारीको वातावरण अभाव र बिग्रिएको व्यवस्थाप्रतिको पीडालाई उजागर गरेको बताए।
उनले कांग्रेसको रुपान्तरणमा नवलपरासी–१ का नेता तथा कार्यकर्ताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै यस क्षेत्रका कांग्रेसजनले तत्कालीन कांग्रेस महामन्त्री र विशेष महाधिवेशनको पक्षमा सार्वजनिक रूपमा उभिएर परिवर्तनको पक्ष लिएको बताए। चुनावपछि कांग्रेसले जेन जी आन्दोलनका माग र युवाको आकांक्षालाई संस्थागत गर्ने पनि उनले स्पष्ट पारे।
बर्दघाट नगरपालिकाका प्रमुख शम्भु लाल श्रेष्ठले विनोद चौधरीले पूरा कार्यकाल काम गर्न नपाएको उल्लेख गर्दै अब उनलाई राष्ट्रको अर्थतन्त्र सम्हाल्ने जिम्मेवारीसम्म पुर्याउने दायित्व स्थानीय जनताको रहेको बताए।
उनले विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा कांग्रेस पुनः सक्रिय र जागृत बनेको धारणा राख्दै ‘गगन प्रधानमन्त्री, विनोद अर्थमन्त्री’ भन्ने भावनालाई कार्यकर्ताले आत्मसात गरेको बताए। श्रेष्ठले विनोद चौधरीका लागि भन्दा नवलपरासी र बर्दघाटवासीका लागि उनको विजय महत्वपूर्ण हुने धारणा व्यक्त गरे।









