प्रधानमन्त्री कार्कीद्वारा चुनाव हुनेबारे ढुक्क हुन सबैमा आग्रह

२२ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा र एकैचरणमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रहगर्नु भएको छ ।
बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गर्नु भएको हो ।
उहाँले आम जनाताममा निर्वाचन हुने वा नहुने भन्ने अन्योल भईरहेको अवस्थामा निर्वाचन एकै चरणमा हुने विस्वस्त गराउनु भयो ।
निर्वाचनको समयमा सबै भूगोलको मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न आग्रह समेत गर्नु भयो ।
उहाले थप्नु भयो,‘ढुक्क र निश्चिन्त हुनुस् । एकैदिनमा हुन्छ चुनाव । दुई चोटि हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ,’ प्रधानमन्त्री कार्कीले भन्नु भयो ‘मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । हामी सबैले मतदान गर्न पाउने छौं । निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ र आफ्नो घर जान्छौँ ।’
प्रधानमन्त्रीकार्कीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयुक्तको भुमिका प्रसंशनीय रहेको भन्दै धन्यावाद समेत व्यक्त गर्नु भयो ।

LEAVE A REPLY