सुन चोर प्रेम चौधरी प्रहरीको फन्दामा

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका ६ महांकालबाट बांकेका सुनचोर प्रेम चौधरीलाई प्रहरीले ६५ तोला सुनसहित प्रक्राउ गरेको छ । उनलाई पक्राउ गर्न पर्हरीले गोली चलाएको थियो ।
काठमाडौंका विभिन्न स्थानमा भएका श्रृंखलाबद्ध चोरीका घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले चौधरीलाई पछ्याउँदै जाँदा गएराति विशेष सूचनाको आधारमा नागार्जुन नगरपालिका क्षेत्रमा पुगेको चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । बुधबार साढे ११ बजे चौधरीलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
त्यसक्रममा एक जना प्रहरी हबल्दार पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीले चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद र घरेलु हतियार समेत बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका चौधरी काठमाडौं उपत्यकामा भएका श्रृंखलाबद्ध चोरीका घटनाका आरोपी हुन् । मंगलबार बौद्वका रिन्जी लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहना र सि–माला सहित १ करोड ४ लाख ५३ हजार बराबरको सामान चोरेको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेको छ ।

LEAVE A REPLY