सौर्य एयरलाइन्स पुनः सञ्चालनमा आउने

२०८१ साउन ९ गते पोखरा उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि नेपाल उड्डयन प्राधिकरणले सौर्यको एयरक्राफ्ट अपरेटर सर्टिफिकेट एओसी अनिश्चितकालका लागि निलम्बन गरेको थियो । अहिले प्राधिकरणले माघ ४ गते सौर्य एयरलाईन्सको एओसी नवीकरण र यस अघिको निलम्बन समेत फुकुवा गरेको छ । यस संघै सौर्यएयरलाइन्स पुनः सञ्चालनमा आउने भएको हो ।
जहाज सि–चेक भन्ने विस्तृत निरीक्षणको लागि काठमाडौंबाट पोखराका लागि उडेको थियो ।
दुर्घटनामा परेको जहाजमा १९ जना यात्रुमध्ये क्याप्टेन मनिष शाक्य बाहेक १८ जनाको ज्यान गएको थियो ।

LEAVE A REPLY