आगामी निर्वाचनमा कुन दलले रच्ला इतिहास ?

काठमाडौं । भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण २०८४ मा हुनुपर्ने प्रतिनिधि सभाको निर्वाचन २ वर्ष अघि नै अर्थात आगामी फागुन २१ गते हुने भएको छ । अधिराज्यभर एकै पटक निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन आयोगले पनि अन्तिम तयारी गरी सकेको छ । यससँगै निर्वाचनमा भाग लिएका राजनीतिक दलहरु पनि चुनावी प्रचारप्रसारमा व्यस्त देखिएका छन् । निर्वाचनमा आफ्नो पार्टी र उम्मेदवारलाइ १ नम्बरको पार्टी बनाउन सबै दल आफ्नो आफ्नो तर्फबाट न्वारानदेखिको बल प्रयोग गरीरहेका छन् ।
निर्वाचनमा भाग लिने राजनीतिक दलहरु धेरै भए पनि चर्चामा आएका ४ वटा दलहरुबीच प्रतिस्पर्धा हुने देखिन्छ । चर्चामा आएका दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा र नेपाली कम्युनिष्ट पार्टी रहेका छन् । यी दलहरुले आआफ्नो दलबाट भावी प्रधानमन्त्री समेत घोषणा गरीसकेका छन् । नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । त्यसैगरी प्रतिनिधि सभाको तत्कालिन ठूलो दल नेपाली कांग्रेसले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका पार्टी सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । सो पार्टीले ‘बद्लियो कांग्रेस,बदल्छौं देश’ भन्ने मूल नाराका साथ १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ । कसैसँग नमिलेर उक्लै र एकलौटी रुपमा जित हासिल गर्न देश दौडाहा गरीरहेको छ । कांग्रेसको यो सक्रियताले निष्क्रिय रुपमा रहेका कांग्रेस कार्यकर्ता र नेतामा समेत उत्साह जागेको देखिन्छ । यो उत्साहले नेपाली कांग्रेस पहिलो पार्टी बन्ने संकेत गरेको छ ।
यसैगरी तत्कालिन प्रतिनिधि सभामा दोस्रो ठूलो दल बनेको नेकपा एमाले पनि निर्वाचनमा होमिइसकेको छ । तर निर्वाचन होला या विघटित प्रतिनिधि ब्युतिएला भन्ने दोधारमा छ । संसद पुर्नस्थापनाको माग राख्दै आएका र तत्कालिन गठबन्धनको सरकार भए पनि कांग्रेसमा नयाँ नेतृत्व आएपछि निर्वाचनकै पक्षमा देखिएको छ । त्यसैगरी अहिले चर्चामा आएको दल रास्वपाले पनि धेरै जस्तो निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने अपेक्षाका साथ तत्कालिन काठमाडौं महानगरका नगरप्रमुख बालेन शाहलाई रास्वपामा वरिष्ठ नेता बनाएर भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरिसकेको छ । तर रास्वपाकै अध्यक्ष रवि लामिछाने सहकारी ठगी काण्डमा मुछिएको हुँदा पार्टी निश्कलंकित हुन सकेको छैन । यसले रावपा कमजोर हुने हो कि भन्ने आशंका गरिए पनि जेनजीहरुको साथ र समर्थन भएको हुँदा उसको अवस्था त्यति कमजोर भएको देखिदैन । निर्वाचनमा पहिलो वा दोस्रो पार्टी हुन सक्ने आँकलन पनि गरिदै छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी पनि चर्चामै छ । १० वटा भन्दा बढी राजनीतिक दलहरु मिलेर बनेको पार्टी भएको हुँदा सो पार्टीले पनि पहिलो पार्टी हुने र पार्टीले सरकारको नेतृत्व गर्ने अपेक्षामा पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर पुराना दल नेकपा एमाले, नेपाली कांग्रेस पार्टीका अध्यक्षहरुको लोकप्रियता विगतकोभन्दा घटेको र उनीहरुसँग नयाँ तथा चर्चित दलको चर्को प्रतिस्पर्धा हुने देखिएको हुँदा चुनाव जित्ने कुरामा यसै हो भन्ने अवस्था छैन । जसले गर्दा दलहरुले अघि सारेका भावी प्रधानमन्त्रीको नाम कै व्यक्ति भन्दा अरु नै उम्मेदवार प्रधानमन्त्री हुन सक्ने अवस्था पनि नआउा भन्न सकिने अवस्था छैन । जस्तो झापाको क्षेत्र नं। ५ मा बालेन र केपी शर्मा ओलीको चर्को प्रतिस्पर्धा हुँदैछ । त्यसमध्ये कुनै एकले जित्ने वा भोट काटिएको अवस्थाले दुवैले हार्ने अवस्था पनि हुनसक्छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीमा पनि संयोजक प्रचण्डले जित हासिल गर्न सक्ने कुनै ठेगान छैन । यस्तो अवस्थामा दलले जिते वा ठूलो पार्टी भए पनि भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका व्यक्तिहरु नै हार्ने भएर जित्ने सम्बन्धित दलका अन्य उम्मेदवार नै प्रधानमन्त्री बन्नुपर्ने अवस्था आउन सक्ने हुँदा कुनै पनि दलले कुनै पनि व्यक्तिलार्य भावी प्रधानमन्त्रीका रुपमा अघि सार्नु त्यति सान्दर्भिक देखिदैन । तर यतिबेला प्रभावशाली व्यक्तिलाई भावी प्रधानमन्त्री घोषणा गर्दा जीत हासिल गर्न सकिने अपेक्षामा भावी प्रधानमन्त्री घोषणा गरेका छन् ।
यतिबेला पुराना दल नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतलाई नयाँ दलले चुनौती दिइरहेका छन् । जसले दलका अध्यक्षहरु निर्वाचनमा पराजय भोग्नु पर्ने हो कि भनेर झस्किरहेका छन् । पराजयकै डरले जित सुनिश्चित गर्न यो पटक पुष्पकमल दाहाल रुकुम पूर्व पुगेका छन् । निर्वाचननै पिच्छे चुनावी क्षेत्र परिवर्तन गर्दै आएका नेपाली कम्युनिष्ट पार्टी संयोजक दाहाल जित सुनिश्चित गर्न रुकुम पूर्व पुगेका हुन् । जसले रुकुम पूर्वमा राजनीतिक तरंग पैदा गरेको छ । राजनीतिका चतुर खेलाडी प्रचण्डले सहिद सम्झेर रुकुम पूर्व पुगेको बताए पनि जित सुनिश्चित गर्न त्यहाँ गएको राजनीतिक विश्लेषकहरुले बताएका छन् । अहिले धेरै जसो चुनावी क्षेत्रमा कांग्रेस–एमाले, रास्वपा र नेपाली कम्युनिष्ट पार्टी बीच नै मुख्य रुपमा प्रतिस्पर्धा हुने गरेको देखिएको छ ।

LEAVE A REPLY