लुम्बिनीले प्याव्सन कोशीलाई ४ विकेटले पराजीत गर्यो

काठमाडौँ । प्याब्सन लुम्बिनी र प्याब्सन मधेशले यु–१५ प्याब्सन क्रिकेट लिग पीसीएलमा शुक्रबार सफलता हासिल गरेका छन् । तल्लो मूलपानी क्रिकेट मैदानमा लुम्बिनीले प्याब्सन कोशीलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुआत ग¥यो ।
टस जितेर ब्याटिङ रोजेको प्याब्सन कोशीले निर्धारित २० ओभरको खेलमा पूरै ओभर खेल्दै अलआउट हुनुअघि १ सय ४९ रनको योगफल खडा ग¥यो । कोशीका २ खेलाडीले अर्धशतक पूरा गर्ने क्रममा उत्तम राजवंशीले ५६ तथा प्रज्ज्वल अधिकारीले ५१ रन जोडे । अकाश यादवले १७ रन प्रहार गरे ।
बलिङतर्फ लुम्बिनीका हिमाल देवकोटा र बासुदेव यादवले समान २–२ तथा सरिक अलीले १ विकेट हात पारे ।
लुम्बिनीले ६ विकेट क्षतिमा १९.१ ओभरमा १ सय ५३ रन बनायो । लुम्बिनीका अमितकुमार यादवले ४६, समिरजंग ठकुरीले ३५ र ‘म्यान अफ द म्याच’ बासुदेव यादवले ३१ रन जोडे । कोशीका मोहम्मद आयान आलमले २ तथा आकाश यादव र दिवस विष्टले समान १–१ विकेट लिए ।
प्याब्सन काठमाडौंद्वारा आयोजित प्रतियोगितामा मधेशले प्याब्सन कर्णालीलाई १० विकेटले सहजै हरायो । मधेशको यो लगातार दोश्रो जित हो ।
पहिले ब्याटिङ गरेको कर्णाली १०.५ ओभरमा अलआउट हुँदै २३ रनमा खुम्चियो । कर्णालीका विपिन शाहीले ८ तथा कुशल रोकायाले २ रन बनाए । बलिङमा मधेशका ‘म्यान अफ द म्याच’ खिलराज सर्राफले ५, दिलराज यादवले २ तथा अफ्ताब मिया र समिर देवानले समान १–१ ब्याट्सम्यानलाई पभेलियन फर्काए ।
जवाफी ब्याटिङमा मधेशले कुनै विकेट नगुमाइ केवल १.२ ओभरमा लक्ष्य भेटायो । निखिल मण्डलले १६ तथा मौसम अन्सारीले २ रन जोडे । ६ बलको सामना गरेका निखिलले २ चौका र १ छक्का प्रहार गरे ।

LEAVE A REPLY