परराष्टमन्त्रालयद्वारा आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो अवस्थालाई नजिकबाट निगरानी गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा सम्बन्धित देशका आधिकारिक निकायबाट जारी सुरक्षा निर्देशन र सूचनालाई पूर्ण रूपमा पालना गर्न नेपाली नागरिकलाई अनुरोध गर्दै सकेसम्म घरभित्रै बस्न, सतर्क रहन तथा आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि आग्रह गरिएको छ ।
त्यस्तै, सम्बन्धित देशका अधिकारीको अनुमति बिना अनावश्यक यात्रा नगर्न पनि मन्त्रालयले सचेत गराएको छ ।
इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकलाई हालको अवस्था सामान्य नहुँदासम्म यात्रा स्थगित गर्न कडा सुझाव दिइएको छ ।
मध्यपूर्वका अन्य देशमा बसोबास तथा रोजगारी गरिरहेका नेपालीलाई पनि त्यहाँको अवस्थाबारे निरन्तर जानकारी लिन र सम्बन्धित देशका सुरक्षा निकायले जारी गरेका सावधानीका उपाय पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

LEAVE A REPLY