काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्ना केही शाखामा सञ्चालनमा रहेको सुरक्षित निक्षेप लकर सेवा स्थानान्तरण गर्ने भएको छ। बैंकले एक सूचना सार्वजनिक गर्दै ललितपुर र काठमाडौंका केही शाखामा रहेको लकर सेवा नजिकैका अन्य शाखामा सार्ने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थालाई जारी गरिएको परिपत्रअनुसार उक्त निर्णय गरिएको बैंकले जनाएको छ । यससम्बन्धी सूचना यसअघि राष्ट्रिय दैनिक पत्रिकामार्फत पनि प्रकाशित गरिएको बैंकको भनाई छ ।
सूचनाअनुसार हाल ती शाखामा रहेका लकर प्रयोग गर्ने ग्राहकहरूले २०८२ साल फागुन २९ गते १३ मार्च २०२६ भित्र आफ्नो लकरमा रहेका सामान झिकेर सुरक्षित गर्न बैंकले आग्रह गरेको छ। तोकिएको समयभित्र लकर खाली नगरिए स्थानान्तरणका क्रममा सामानमा क्षति वा नोक्सानी भएमा बैंक जिम्मेवार नहुने बैंकले स्पष्ट पारेको छ।
स्थानान्तरणपछि सम्बन्धित नयाँ शाखाबाट लकर सेवा पूर्ववत् रूपमा सञ्चालन हुने बैंकले जनाएको छ। साथै यसबाट ग्राहकलाई पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना समेत व्यक्त गरेको छ। थप जानकारीका लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।
थप जानकारीका लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।









