काठमाडौँ । मधेशमा करिब एक दर्जन नेताहरुले निर्वाचन जित्दै आएका थिए । पटक पटक मन्त्रि पनि हुँदै आएका थिए । तर यस पटक मधेशमा मधेशी दलका नेताहरुको सरमनाक हार देखिएको छ । रास्वपाको पक्षमा परिणाम आएको छ । ३२ क्षेत्र रहेको मधेशमा ३० क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ ।
वि.स.. २०६४ सालको मधेश आन्दोलनको जगमा स्थापित भएका त्यही भावनाको बलमा आफ्नो जनमत बलियो बनाएका दलहरु अहिले आफ्नो अस्तित्व जोगाउने कठिन संघर्षमा पुगेका छन् । जनता समाजवादी पार्टी जसपा लोकतान्त्रिक समाजवादी पार्टीलोसपा र हालै उदाएको जनमता पार्टीलाई अहिले आफ्नो पुरानो भोट बैंक जोगाउन हम्मेहम्मे परेको छ । नयाँ जनादेशले यी दलहरुलार्य जनविश्वास गुमाउँदै नराम्रराी खुम्चने स्थितिमा पुर्याईदिएको छ । यस पटक मधेशका जनताले पहिचान र परम्परागत राजनीतिक भन्दा पनि विकास, सुशासन र नयाँ विकल्प खोजेको प्रष्ट देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाको वरिष्ठ नेता र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहको प्रवेशले ल्याएको लहरले मधेशमा पुराना दलहरुको जग पुरै हल्लाइदिएको छ ।
मधेशमा रास्वपाको लहर यति बलियो देखिएको छ कि मधेश आन्दोलनबाट उदाएका र मधेशको मसिहा ठानिने नेताहरु नै अहिले कडा दबाबमा परेका छन् । उपेन्द्र यादव, सिके राउत, राजेन्द्र महतो, हृदयश त्रिपाठी, शरदसिंह भण्डार, सर्वेन्द्रनाथ शुक्ला र राजकिशोर यादव जस्ता प्रभावशाली नेताहरुलाई चुनावी प्रतिस्पर्धामा नसोचेको चुनौती थपिएको छ ।








