काठमाडौँ । नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने छ । पार्टीका संसदीय दलका नेता एवं कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले प्रतिनिधिसभाको पहिलो बैठकमा दिएको अभिव्यक्त्तिलाई लिएर पदाधिकारीको दबाबमा आज आकस्मिक सचिवालयको बैठक बोलाएको एक नेताले बताए ।
उनको अभिव्यक्तिमाथि उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण बिष्ट तथा उपमहासचिव योगेश भट्टराईले पार्टीको नीति र मान्यता विपरित रहेको बताएका छन् । बादलको सो अभिव्यक्ति शैली संसदीय मर्यादाविपरीत रहेको भन्दै एमालेमा आन्तरिक आलोचना बढेको छ ।








