काठमाडौँ, चैत २१ गते । सङ्घीय संसद् प्रतिनिधि सभाको सभामुख पदको उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का डोलप्रसाद डिपी अर्यालको एकल मनोनयन दर्ता भएको छ । संसद् सचिवालयले उम्मेदवारीका लागि तोकेको समयसीमाभित्र रास्वपा उम्मेदवार अर्यालको मात्र मनोनयन दर्ता भएको हो । रास्वपाको प्रतिनिधि सभामा एकल बहुमत छ ।
अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहनुभएको छ । यस्तै समर्थकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएकी सोविता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र पार्टी महामन्त्री सुनील लम्साल हुनुहुन्छ । सचिवालयले शुक्रबार नै उम्मेदवारको नामावलीसमेत प्रकाशन गरेको छ । जसमा अर्यालको मात्र मनोनयन भएको विवरण उल्लेख छ । एकल मनोनयन दर्ता भएसँगै अर्याल सभामुखमा निर्विरोध हुने निश्चित भएको छ । तर औपचारिक रूपमा भने चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकले घोषणा गर्ने छ । एकल उम्मेदवारीका कारण प्रस्ताव निर्णयार्थ पेस हुने छैन । मनोनयन दर्तापछि सभामुखका उम्मेदवार अर्यालले संविधान, कानुन र विधिसम्मत रूपमा जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपालको संसदीय अभ्यासमा त्यसबाहेक प्रतिनिधि सभा तथा संविधान सभामा समेत सभाध्यक्षहरू सर्वसम्मत चयन भएका थिए । सहमतिको अभ्यास ब्रेक गर्दै दुई दशकपछि २०७९ मा तत्कालीन सभामुख देवराज घिमिरे बहुमतबाट निर्वाचित हुनुभएको थियो । घिमिरेसँग नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले सभामुखमा प्रतिस्पर्धा गर्नुभएको थियो । नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा घिमिरे सभामुखमा निर्वाचित हुनुभएको थियो ।
२०५१ सालमा पनि सभामुख चयन बहुमतीय प्रक्रियाबाट भएको थियो । २०५१ मा रामचन्द्र पौडेल ९वर्तमान राष्ट्रपति० बहुमतबाट निर्वाचित हुनुभएको थियो । पौडेलसँग नेकपा ९एमाले० का चन्द्रप्रकाश ९सिपी० मैनालीले प्रतिस्पर्धा गर्नुभएको थियो । पुनस्र्थापित प्रतिनिधि सभा र दुवै पटकको संविधान सभामा नेतृत्व निर्विरोध चयन भएको थियो । तिनै पटक एमालेका सुवास नेम्वाङ निर्विरोध हुनुभएको थियो । संविधान सभामा सभाध्यक्षले नै सभामुखको समेत भूमिका निर्वाह गर्ने व्यवस्था थियो ।
२०१५ को पहिलो संसद्मा देववीर पाण्डेको प्रस्ताव फिर्ता भएपछि कृष्णप्रसाद भट्टराई निर्विरोध सभामुख चयन हुनुभएको थियो । २०४८ सालमा पनि झलनाथ खनालको प्रस्ताव फिर्ता भएपछि दमननाथ ढुङ्गाना निर्विरोध हुनुभएको थियो । २०५६ मा कांग्रेसकै तारानाथ रानाभाट सभामुखमा निर्विरोध चयन हुनुभएको थियो
रूपान्तरित संसद् र त्यसपछि सङ्घीय संरचनामा भएका निर्वाचनपछिका प्रतिनिधि सभामा पनि सभामुख चयन निर्विरोध भएका थिए । रूपान्तरितमा नेकपा ९माओवादी केन्द्र० की ओनसरी घर्ती निर्विरोध सभामुख चयन हुनुभएको थियो । सङ्घीय संरचनामा २०७४ मा भएको निर्वाचनपछि दुई पटक सभामुखको निर्वाचन भयो । दुवै पटक निर्विरोध निर्वाचित भएको नजिर छ । २०७४ फागुनमा भएको निर्वाचनमा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुनुभएको थियो । महराले राजीनामा दिएपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बाट अग्निप्रसाद सापकोटा २०७६ माघमा निर्विरोध सभामुख चयन हुनुभएको थि
उपसभामुखबारे छलफल भएको छैन
यसैबिच रास्वपा सभापति रवि लामिछानेले संवैधानिक व्यवस्था तथा व्यावहारिक पक्षलाई समेत हेरेर उपसभामुख चयन गरिने बताउनुभएको छ । सभामुख मनोनयन प्रक्रियापछि प्रतिक्रिया दिँदै सभापति लामिछानेले सभामुख निर्वाचनको प्रक्रिया पूरा गरेपछि मात्र उपसभामुखका विषयमा छलफल हुने बताउनुभयो ।









