ओली र लेखकलाई तेस्रोपटक म्याद थप

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको तेस्रोपटक म्याद थपका लागि अदालतमा सुनुवाइ भइरहेको छ ।
लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । टिचिङ अस्पतालमा उपचाररत् ओलीलाई भने भर्चुअल विधिबाट उपस्थित गराइएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ ।
गत शनिबार बिहान पक्राउ परेका दुवैजनालाई हिरासतमा राखेर अनुसन्धानका लागि यसअघि ५ र २ दिन गरी ७ दिन म्याद थप गरिसकिएको छ ।

LEAVE A REPLY