काठमाडौँ । आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने छ भने राष्ट्रिय सभाको बैठक अपरान्ह १२ःं१५ मा बस्ने संसद सचिवालयले जनाएको छ ।
आजकोप्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । गृहमन्त्री गुरुङले ‘मतदाता नामावली पहिलो संशोधन, अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश, २०८२’ स्वीकृत गरियोस भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै आजको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लीलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।








