जनमतको सम्मान गरौं

सम्पादकीय

पुराना दलहरुको ३६ वर्षे शासनकालबाट आजित भएका आम नेपालीहरुले देशमा सुशासन कायम राख्दै मुलुकमा चौतर्फी विकासको अपेक्षा गर्दै पुराना दल, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, मधेशी दल लगायत सबैलाई फालेर राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०लाई दुईतिहाई नजिक पुग्ने गरी मतदान गरेर शक्तिशाली सरकारका रुपमा खडा गरी सत्तामा पु¥याएका छन् । अब निर्वाचनमा पराजित पार्टीहरुले यसको सम्मान गर्नुपर्ने र विजयी पार्टीले नमात्तिइ, नआर्तिइकन जनमतको पूर्ण रुपमा कदर गर्दै जनअपेक्षा पुरा गर्नुपर्ने बेला आएको छ । नयाँ दललाई बहुमत दिएर जिताउनुपर्ने समयको माग थियो । त्यो अब पुरा भएको छ ।
हुन त यसअघि पनि तत्कालिन माओवादी केन्द्र, नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी९माओवादींनेकपा एमाले०ले पनि दुईतिहाई नजिकको बहुमत नल्याएका होइनन् तर जनअपेक्षित काम गरेर देखाउन सकेनन् । बहुमत पाउँदा पनि पुरा कार्यकाल काम गर्न सकेनन् । मिलिजुली सरकार बनाउदा पनि राम्रा काम हुन सकेनन् । सरकारमा रहँदा सँधै आन्तरिक झगडा गर्ने, ६÷६ महिनामा सरकार परिवर्तन भइरहने, दोषारोपण गर्ने, एक दलले अर्को दलको खुट्टा तान्ने, आन्तरिक दल भित्रै पनि सँधै पदीय भागबण्डामा झगडा गर्ने, राज्यकोषको भत्ता खाने र दलीय स्वार्थभन्दा माथि जान नसकेर जनताका अपेक्षा पुरा गर्न नसकेको फल नै पुराना दलको पराजय र नयाँ दल९रास्वपा०को विजय भएको हो ।
पुराना दलहरुले हामीभन्दा अरु कोही दल छैनन् । भए पनि सत्तामा आउन सक्दैनन् यस पटक पनि सत्ताको हाली मुहाली विगतमा जस्तै आफ्नै कब्जामा आउने र सकभर एक्लै भएर २÷३ दल मिलेर सरकार बनाउने दिवा सपना देखेका थिए । तर त्यो सपनालाई जनताले पुरा गर्न दिएनन् । जनताले पाखा लगाइ दिए । रास्वपाले पनि आफ्नो कार्यकालमा जनअपेक्षित काम गर्न नसके आगामी ५ वर्षपछि रास्वपा कहाँ छ भनेर सिला खोज्नु पर्ने अवस्था नआउला भन्न सकिने अवस्था छैन । त्यसैले यस्तो अवस्थाको विचार गर्दै सचेत भएर काम गर्नुको विकल्प पनि छैन । रास्वपाबाट जनताले धेरै राम्रा कामको अपेक्षा गर्दै बसेका छन् । यो अपेक्षा पुरा गर्न रास्वपाले प्रतिपक्षीको जायज कुरा सुन्ने र उनीहरुको सल्लाह पनि लिने र आफ्नो एजेण्डालाई पनि संग सगै अघि सार्ने हो भने रास्वपाले आगामी निर्वाचनमा भोट माग्न घरलौरी गर्नुपर्दैन । लोकतन्त्रमा जनताको मत नै निर्णायक हुन्छ । जनताले चाहे सत्तामा पुर्याउँछन्÷नचाहेमा सडकमा झार्दछन् । यो विषयमा सबै जानकार नै छन् ।

LEAVE A REPLY