२८ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको अहिलेनै टिप्पणी गर्ने वेला नभएको बताउनु भएको छ ।वर्तमान सरकारका बारेमा सोधिएको प्रश्नमा उहाँले यस्तो भनाई राख्नु भएको हो । साथै आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको पनि बताउनु भएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पार्नु भएको छ ।
आफूमाथि हुने सबै छानबिका लागि आफू तयार रहेको बताउँदै उहाँले आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने जिकिर पनि गर्नु भयो ।
‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ । तपाईंहरुले बुझ्नु हुन्न कि के हो ? सम्पूर्ण छानबिनका लागि म तयार छु,’ प्रचण्डले भन्नु भयो ।









