आज अक्षय तृतिया अर्थात परशुराम जयन्ती

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया, यस अवसरमा जौको सातु र सर्वत पानी खाएर शीतलता प्रदान गर्ने परम्परा छ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार वैशाख शुक्ल तृतीयाबाट त्रेता युग सुरु भएको र परशुराम अवतारको जन्म भएको थियो ।
अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुने विश्वास छ ।
त्यसैले आज जौको सातु र सर्वत खाएर मनाइँदैछ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ ।
यही दिन ८ चिरञ्जीवीमध्ये एक परशुराम अवतारको जन्म भयो । त्यसैले यस दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ ।
यही दिन शिव–पार्वतीको विवाह पनि भएको थियो । त्यसैले यस दिन गरेको स्नान,
दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

ज्योतिषशास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन पञ्चाङ्ग नहेरी पनि शुभकार्य गर्न सकिन्छ ।
शास्त्रका अनुसार यो दिन स्वयंसिद्ध मुहूर्त हो । विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरीद, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यस दिन अति उत्तम हुने विश्वास गरिन्छ ।
अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुने विश्वास छ । यसकारण यो तिथिलाई धानधर्मका लागि अचुक काल मानिएको छ ।
शास्त्रअनुसार वैशाख महिनालाई विष्णुको महिना पनि मानिन्छ र यो महिना विष्णु भक्तिका लागि शुभ हुन्छ ।

LEAVE A REPLY