एसइईको नतिजा वैशाखको चौथो हप्तामा प्रकाशन गरिन्छः परीक्षाबोर्ड

काठमाडौँ, वैशाख १३ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा वैशाखको चौथो हप्ता प्रकाशन गर्ने भएको छ । बोर्डले चैतको २९ गते परीक्षा सम्मन्न गरेको थियो ।त्यको ठीक एक महिना पछि परीक्षा नतिजा प्रकाशन गर्न लागेको हो ।
विगतमा परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यस पटक भने एक महिनाभित्रमै नतिजा सार्वजनिक गर्ने तयारी गरेर इच्छा शक्ति भए समयमै नतिजा प्रकाशन गर्न सकिने रहेछ भन्नेकुराको प्रमाण समाजमा चरितार्थ गर्न खोजेको देखिन्छ । जुन पमाण स्वागत योग्य छ ।
अहिलेकै गति अनुसार काम भयो भने तेस्रो साताको अन्तिमतिरै नतिजा प्रकाशन गर्ने योजना रहेको पनि बोर्डले जनाएको छ । यो काम पनि एक दुई दिनमा सकिने छ । प्राप्ताङ्क प्रविष्ट गरेपछि एक चरण रुजु गरिने छ । रुजु गर्दा पनि कुनै प्राविधिक समस्या देखिएन भने नतिजा प्रकाशनको प्रक्रियामा जाने छ । बोर्डले
बोर्डका सदस्यसचिव अर्यालले भन्नुभयो, “परीक्षा सकिएको मितिले एक महिनाभित्रमा नतिजा प्रकाशन गर्ने हाम्रो लक्ष्य हो । त्यस हिसाबले भन्ने हो भने वैशाख २९ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी काम गरिरहेका छौँ ।” अहिलेसम्मको कार्यप्रगति हेर्दा लक्ष्य अनुसार नै काम हुने अर्यालले बताउनुभयो ।
नयाँ सरकार गठन भएपछि सुरु भएको एसइईको नतिजा सुरुमा त १५ दिनभित्रमै सार्वजनिक गर्ने विषयमा पनि छलफल भएको थियो तर निकै नै हतार गर्दा समस्या आउन सक्ने देखिएकाले बढीमा एक महिनाभित्रमा सार्वजनिक गर्ने विषयमा मन्त्रालय र बोर्डका अधिकारीबिच छलफल भएको थियो ।
नतिजा प्रकाशनलाई छरितो बनाउन यस पटक एसइईको उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो भने उत्तरपुस्तिका परीक्षण गर्न जनशक्ति पनि धेरै खटाइएको थियो ।

LEAVE A REPLY