नेपाली कांग्रेस बाहेक अन्य विपक्षी दलले संसद बहिष्कार गरे

काठमाडौं । विपक्षी दलका सांसदहरूले सदन बहिस्कार गरेर हिँडेपछि सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि उनीहरूले राखेका संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रममा सरकारको जवाफ बहिस्कार गरेर बाहिरिएका सांसद्हरूका शंशोधन प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गरेका हुन् । संशोधनकर्ता सांसद्हरूको नाम लिँदै संशोधन फिर्ता लिन चाहेमा समय दिए पनि उनीहरूले बहिस्कार गरेर हिँडेकाले निर्णयार्थ पेस गरेका हुन् ।
विपक्षी सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने विपक्षी अडान थियो । तर, अर्थमन्त्रीले जवाफ दिन थालेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाहेकका विपक्षी दलले बैठक बहिस्कार गरेर बाहिरिएका थिए ।

LEAVE A REPLY