संघ र प्रदेश सरकारमा साना दलको सधै वर्चश्व

काठमाडौं । नेपालमा संघीय शासन त आयो तर संघमा बारम्बार रुपमा सरकार फेरबदल भइरहेका छन् । कहिले कुन दलको नेतृत्वमा सरकार बन्छ, कहिले कुन दलको नेतृत्वमा सरकार बन्छ । बारम्बार सरकार फेरबदल भईरहेका छन् । चुनावमा मतदाताले आफुलाई मन परेको उम्मेदवार र दललाई चुनेर पठाउछन् प्रत्येक निर्वाचनको एउटा म्याण्डेट हुन्छ । जनमत अनुसार संघ र प्रदेशमा सरकार बन्नुपर्ने हो तर विडम्बना परिणाममा ठीक उल्टो भइरहेको छ । स्वभाविक रुपमा ठूला दलले सरकारको नेतृत्व लिनुपर्ने हो तर त्यसको उल्टो संघ र प्रदेश दुवैमा अल्पमतले बहुमतमाथि शासन गरिरहेका छन् । यसको ताजा उदाहरण हो सुदुरपश्चिम प्रदेशमा बनेको नयाँ सरकार । ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन कम्तीमा २७ सांसदको समर्थन चाहिन्छ । कुनै एक दलले २७ सिट ल्याएको भए स्वतः उसले सरकारको नेतृत्व गथ्र्यो होला । त्यसो त विगतमा तत्कालिन नेकपा कालमा झण्डै दुईतिहाई बहुमतको सरकार पार्टी नै फुटेर अल्पमतमा परेको धेरै पुरानो भएको छैन । सुदुरपश्चिममा हेरौ । त्यहाँ पनि एक दलको बहुमत छैन । यस प्रदेश सभामा कांग्रेसका १८, नेकपा९एमाले०का ११, नेकपा९माओवादी केन्द्र०का १०, नागरिक उन्मुक्ति पार्टी९नाउपा०का ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र एक सांसद छन् तर चार सांसद भएको एकीकृत समाजवादीले यस प्रदेशमा सरकारको नेतृत्व पाएको छ । चार सिट मात्र भएको एकीकृत समाजवादीलाई ११ सिट भएको एमाले, १० सिट भएको माओवादी केन्द्र सात सिट भएको कांग्रेसले समर्थन गरेका छन् । यो सरकार गठनसँगै यस प्रदेशको पहिलो पार्टी प्रतिपक्ष दलमा पुगेको छ । यस प्रदेशमा कांग्रेसको १८ सिट रहेको छ ।
यसरी गर्दा केयही हो त जनताको जनमत भनेर आँकलन गर्नुपर्ने भएको छ । के जनमत यही हो त रु पक्कै होइन । यस प्रदेशमा स्वभाविक रुपमा सरकारको नेतृत्व कांग्रेसले गर्दा जनमतको केही हदसम्म कदर गरेको ठहरिन्थ्यो । त्यसो त यस अघि कांग्रेस नेतृत्वकै सरकार ढलेर अहिले चार सिटेले नेतृत्व लिएको छ । एमाले र माओवादीले यस प्रदेशमा नेतृत्व लिएको भए बेग्लै कुरा हुन्थ्यो तर त्यसो भएन । प्रदेश सभामा १० प्रतिशतभन्दा पनि कम सिट संख्या भएको एकीकृत समाजवादीले सरकारको नेतृत्व पाएको हो । केन्द्रीय सत्ता समिकरण अनुसार एमाले–माओवादी एकीकृत समाजवादीलाई सत्ताको साँचो हस्तान्तरण गर्न राजी भए । सत्तामा रमाउने दलहरुलाई यो स्वभाविक लागे पनि आम जनतालाई भने साना दलले राज्य गरेको देख्दा स्वभाविक मानेका छैनन् । यो सुदुरपश्चिमको कुरा मात्र होइन स्वयं संघमा समेत ३२ सिट भएको माओवादी केन्द्रले झण्डै विगत डेढ वर्षदेखि सत्ताको नेतृत्व गरिरहेको छ । जब की माओवादी केन्द्र भन्दा दोब्बरभन्दा बढी सिट भएको कांग्रेस–एमालेले ३२ सिटे माओवादीलाई नेतृत्व दिइरहेका छन् । अर्थात् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनिरहेका छन् । कुनै बेला राप्रपा २० सिट ल्याएर तेस्रो दल थियो त्यतिबेला कांग्रेसको समर्थनमा सुर्यबहादुर थापा प्रधानमन्त्री भए भने एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका उदाहरण छन् । अहिलेको संसदको अंग गठित पनि त्यस्तै छ । कांग्रेस–एमालेको स्पष्ट बहुमत छैन । संसदमा संसदको बहुमतका लागि २७५ सदस्यीय संसदमा १३८ सांसद चाहिन्छ । यही अंक गणितले अहिले बारम्बार प्रचण्ड प्रधानमन्त्री बनिरहेका छन् ।
यस्तो श्रृङ्खला कति रहन्छ, त्यो समयले देखाउँला ।

LEAVE A REPLY