काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जात,धर्म र संस्कृतिलाई एजेन्डा बनाएर राजनीति नगर्न सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
इलाम २ मा पार्टीले जित हासिल गरेपछि आयोजित विजय सभामालाई सम्बोधन गर्दै जातजाति र धर्म,संस्कृतिका बारेमा एजेन्डा बनाए् रराजनीति नगर्न आग्रह गरेका हुन् । कोशी प्रदेश लगायत अन्य प्रदेशमा समेत जातीय आधारमा राजनीति गर्दा समुदामा जातीय द्वन्द्व फैलिने र एक समुदाय र अर्को समुदायबीचको सद्भावमा खलल पुग्ने भएको उनको बताए । अध्यक्ष ओलीले कोशी प्रदेशको नामकरण पहिचानको विषयमा नहुने बताएका छन् । नेपाल बहुजाती, बहुभाषी , बहुसंकृतियुक्त समाज भएकाले जातीय आधारमा राजनीति नगर्न ओलीले आग्रह गरेका हुन् ।
नेपाली सबैको पहिचान भएकाले साझा पहिचान नेपालीत्व बचाउन लाग्नु पर्ने उनले बताए । सयौँ थुँगा फुलका एउटै माला हौँ । इलाममा पनि सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान ओलीले भने । व्यक्ति गत कुनै संस्था वा समूहको नेतृत्व भन्दा पनि सम्पूर्ण नेपालीको साझा विषयका बारेमा बोल्नुपर्ने बताए । तर जात,धर्म र संस्कृतिका विषयमा राजनीति गर्दा बुद्धको देश अशान्ति फैलिने भएकाले शान्तिको सन्देश विश्व सामु पु¥याउन सबै नेपाली एकजुट हुनुपर्ने अध्यक्ष ओलीले सुझाव दिए ।

यस्तै नेकपा एमालेका युवा नेता तथा इलाम २ का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पहिचानवादी राजनीतिका नाममा समाजमा अपवाह फैलाउने काम नगर्न आह्वान गरेका छन् ।

इलाममा आयोजित विजय सभामार्फत मतदातालाई धन्यवाद दिँदै सांसद नेम्वाङले पहिचानको राजनीति नगर्न आग्रह गरेका हुन् । सुहाङले पहिचानको नाममा भ्रामक अफवाह फैलाउन नहुने भन्दै सबै मिलेको इन्द्रेणी समाजको व्याख्या गरेका छन् । यस्तै उनले भने‘,मैले इन्द्रेणी समाजको कुरा गर्दै आएको छु । यो सबै जाति समुदाय मिलेर बसेको समाजमा इन्द्रेणीको सातवटा रङ्ग कति राम्रो सुन्दर देखिन्छ । त्यस्तै हामी पनि आज यहाँ सबै जातजातिको अभिभावक, मित्रहरू छौँ सबै मिलेर एक अर्कालाई साथ दिन उभिएका छौँ ।

 

LEAVE A REPLY