भावी उम्मेदवारले सुहाङबाट पाठ सिक्नु —गोपाल आचार्य

जबजब निर्वाचन नजिकिदै जान्छ, सम्बन्धित दलबाट चुनाव लड्ने टिकट पाउँछन् तबतब उम्मेदवारहरु चुनावी राजनीतिक प्रतिस्पर्धामा एक पक्षले अर्कोपक्षको खोइरो खन्ने, नभएका कमजोरी देखाएर मतदाता भ्रमित पार्ने र अर्काको खुट्टा तानेर आफूमाथि जाने हर्कत गर्दछन् । घाँटीका नसा फुल्ने गरी भाषण नगरे र अर्काको कुरा नकाटे यो उम्मेदवार बोल्नै जान्दोरहेनछ भन्ने भ्रम नेता–कार्यकर्ता र सर्वसाधारणमा पर्न थाल्दछ । यो भ्रम नेपालमा मात्र होइन विश्वका धेरै देशमा पर्ने गरेको छ । तर यस्तो भ्रमलाई इलाम–२ का युवा तथा शालीन उम्मेदवार सुहाङ नेम्वाङले चिरी दिएका छन् ।
उनले अर्काको कुरा नकाटी, भ्रम नछरी, कमीकमजोरी नदेखाई चुनावी सभा होस् वा पत्रकारले सोधेको प्रश्नको जवाफमा होस् शालीन र भद्रव्यवहार देखाएर उपनिर्वाचनमा प्रतिस्पधीलाई फराकिलो मतान्तरले पछि पार्दै प्रतिनिधि सभाको सदस्यतामा निर्वाचित भएका छन् । सुहाङको धारणा छ– ‘अरुले के भने भनेर त्यसको जवाफ दिएर बस्नुभन्दा आफ्नो बाटो हिड्ने, आफ्नो काम गर्ने हो, नभए नयाँ पुस्ता र पुरानो पुस्तामा के फरक भयो र रु’
चुनाव अवधिभर मात्र होइन, विजयी ¥यालीमा पनि उनी हौसिएको देखिएन । शान्त र भद्र नै देखिए । बरु उनले विजयी सभामा भने, म सबैलाई भेट्न चाहान्छु, उहाँहरुका योजनालाई पनि मिसाएर एउटै बनाउन चाहान्छु, उहाँहरुको साथ सहयोग पनि मलाई चाहिन्छ ।’ उनले न कसैलाई होच्याए, न त घमण्ड नै देखाए । दुःखमा न आतिने र सुखमा नमातिने उनको व्यवहारले छर्लङ्ग पारीदियो । निर्वाचन अवधिभर उनलाई कतिपय पत्रकार प्रतिस्पर्धी दलका चर्चित भनिएका गगन थापा, रवि लामिछाने लगायतले व्यक्तिगत आक्षेप पनि लगाए, उत्तेजित बनाउन खोजे, कतिपयले उनलाई राजाका छोरा राजा भन्ने आरोप पनि लगाए तर उनी कति पनि उत्तेजित देखिएनन् बरु उनले आफु माथि लागेको आरोपको हाँसीहाँसी उत्तर दिए । उनले भने– ‘पहिलो कुरा त राजा जननिर्वाचित हुँदैनन् । राजाका छोरा राजा पनि निर्वाचित जनप्रतिनिधि होइनन् । राजाका छोरालाई निर्वाचनमा गएर मतदाता रिझाउनु पर्ने आवश्यकता पर्दैन ।’ उनले शालीन तर्कले नै आफुलाई लागेको आक्षेलाइ चिरी दिए । त्यसैले अब भावी उम्मेदवारले पनि सुहाङ नेम्वाङबाट पाठ सिकेर उनीभन्दा अझ शालीन बनुन् । आफ्नो संगठनलाई बलियो बनाउन् । जित अवश्य हुनेछ ।

LEAVE A REPLY