काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समितिको मागलाई संसद्को आगामी अधिवेशनमा पनि कायमै राख्ने निष्कर्ष निकालेको छ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन समिति गठन गर्नुपर्ने विषयमा छलफल भएको हो।
यसअघि निरन्तर कांग्रेसले सोही मागलाई अघि सार्दै संसद् अवरोध गर्दै आइरहेको थियो। आगामी शुक्रबारबाट सुरु हुने संसद्को बजेटअ धिवेशनमा सरकारले छानबिन समिति बनाए आफूहरु चुप रहने नत्र अवरोध कायमै राख्ने कांग्रेसका उपसभापति धनराज गुरुङले जानकारी दिए।

‘हाम्रो स्पष्ट कुरा सबैलाई थाहा नै छ, यसअघि पनि हामीले निरन्तर संसद्मा कुरा राख्दै आइरहेका छौँ। बैशाख २८ गतेबाट सुरु हुने संसद्को अधिवेशनमा संसदीय छानबिन समिति लिएर सरकार आएमा संसद् चल्छ, नत्र चल्दैन,’ उनले भने।
त्यस्तै गृहमन्त्री लामिछानेले संसद् सचिवालयमा आफूले बोल्न पाउनुपर्छ भन्ने विषयमा समेत छलफल भएको उनले बताए। आफूहरुको कारणले बोल्न नपाएको भन्ने हल्ला चले पनि वास्त विककता त्यस्तो नभएको बताए
‘गृहमन्त्री ज्यूले संसद्मा बोल्न पाउँ भन्दै निवेदन दिनुभएको छ। त्यसको विषयमा पनि केही छलफल भयो। हाम्रो कारणले बोल्न नपाएको जस्तो देखिएको छ, तर त्यस्तो होइन। आरोप लागेको मान्छेले अलिकति आत्मआलोचना गरेर अनुसन्धानलाई सघाउनुपर्छ की पर्दैन गुरुङले भने।
आजको बैठकमा गण्डकी प्रदेशको विषयमा पनि छलफल भएको थियो। गण्डकी प्रदेशमा जिम्मेवार व्यक्तिहरुबाट संविधान मिचिएको विषयमा छलफल भएको उनले बताए। संविधान विपरित प्रदेश सरकार चलिरहेको र त्यसविरुद्ध अदालतमा रिट परेको र त्यहाँबाट न्याय मिल्नेमा विश्वस्त रहेको बताए।
आगामी बैशाख २८ गतेबाट संसद्को अधिवेशन सुरु हुँदैछ। सोही सन्दर्भमा छलफलका लागि सभापति देउवाले बैठक आह्वान गरेका थिए।

 

LEAVE A REPLY