राजनीतिमा सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक दाउपेच हुनु स्वभाविक हो तर सत्तामा पुग्नका लागि मात्रै कुनै व्यक्ति विशेषलाई राजनीतिक हतियार बनाउनु त्यो कुनै हिसाबले पनि मनासिब
मानिदैन । यस पटक नेपालको राजनीतिमा यस्तै भइरहेको छ । आफु सत्तामा पुग्न नपाएको झोकमा नेपालको ठूलो पार्टी नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि एकोहोरो रुपमा प्रहार गरिरहेको छ । गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न नभएको पुष्टि भइसक्दा पनि कांग्रेस एकोहोरो रुपमा लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरिनुपर्छ भनिरहेको छ ।
त्यसो त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको बर्तमान सत्ता गठबन्धनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्नु अघि कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको समेत अफल गरेको थियो तर कांग्रेससँग सहकार्य नगर्ने भन्दै लामिछाने वर्तमान समिकरणमा सहभागी भए पछि कांग्रेस लामिछानेसँग चिढिएको राजनीतिक वित्तमा चर्चा आएको
छ ।
देशको ठूलो दल नेपाली कांग्रेसले एउटै विषयमा अल्झेर अघि बढ्दा दीर्घकालिन रुपमा उसको छविमा असर पर्नेछ । रवि लामिछाने भर्खर जनताको आकर्षणले उदाएका व्यक्ति हुन् । लामिछानेप्रति जनताको आकर्षण बढ्दै गइरहेको देखिन्छ । युवाहरुमा उहाँप्रति झन् बढी आकर्षण बढिरहेको छ । तर यसरी लोकप्रिय छवि भएका व्यक्तिमाथि प्रहार गर्न खोज्नु कांग्रेसको लागि नै राम्रो हुने छैन ।
यदी वर्तमान सरकार वा वर्तमान समिकरणमाथि आवाज उठाउन धेरै विषय छन् । धेरै विषय उठाउन मिल्छ तर अन्य जनचासोको विषयमा आँखा चिम्लेर रवि लामिछान मािथ मात्र प्रहार गर्न खोज्नु कहाँसम्मको इमान्दारीता हो रु
कांग्रेस किन रवि लामिछानेमाथि प्रहार गर्न खोजिरहेछ रु किन लामिछाने माथि एकोहोरो खनिइरहेको छ ।
यदि रवि लामिछाने सहकारी प्रकरणमा दोषी नै भएको भए राज्यका अन्य निकाय छ कि छैनन् रु अख्तियार छ, सिआईबी छ । राज्यका यस्ता जिम्मेवार निकायले सहकारी प्रकरणमा लामिछानेलाई दोषी नदेख्ने तर कांग्रेस भने किन दोषी देखिरहेको छ रु
यो देश नियम कानूनले चलिरहेको छ कि छैन रु यदि देश नियम कानून अनुसार चलिरहेको छ भने रवि लामिछानेले कानून मानेकै छन् ।
कांग्रेसले पनि राज्यका अख्तियार, सिविआई जस्ता निकायलाई मान्ने कि नमान्ने रु यदि लामिछाने दोषी थिए भने उनी विरुद्ध यी निकायमा उजुरी पर्थे । अदालतमा मुद्दा पर्थे । खोइ त मुद्दा मामला भएको रु त्यसैले कांग्रेसले पहिला देशको नियम कानूनको अनुकरण गरोस् । भोली कांग्रेस सरकारमा रहँदा पनि अर्को दलले यस्तै अप्ठ्यारो प¥यो भने के गर्ने ?