महालक्ष्मीविकास बैंक ३० औंवर्षमा प्रवेश

 

काठमाडौं । राजधानीको खरबारममार्गमा केन्दयि कार्यलय स्थापना गरी ग्राहकहरुको सेवा गर्दैआईरहेकोे वित्तीय सस्था महालक्ष्मी विकास बैंक ३०औं वर्षमा प्रवेश गरेको छ । बैंकले यस अवसरमा विभिन्न कार्यक्रम गरी ३०औं वार्षिकोत्सव मनाएको छ ।
यस अवसरमा बैंकले वित्तीय साक्षरतारया्र्लीतथा ८ वटा शाखामार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा बैंकले कुल २९५ पिन्ट रगत संकलन गरेको छ । स्वास्थ्य क्षेत्रमा चुनौतीका रूपमा रहेको रगत व्यवस्थापनमा सहजता होस भन्ने उद्देश्यले ३०औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

बैंकले सोमबार केन्द्रिय, प्रादेशिक तथा शाखा कार्यालयमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीलाई स्थानीय भेषभूषामा बैंकमा उपस्थित गराएर सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस्तै केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीको सहभागितामा शनिबार बिहान ७ः३० देखि ८ः३० बजेसम्म वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरू मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डको प्रयोग गरिएको थियो ।

त्यसैगरी बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा जेठ ८ गते स्वास्थ्य शिविर र जेष्ठ ९ गते आँखा शिविर सञ्चालन गरिनेछ भने विगत २ वर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङखला महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग(२०२४, श्रृङखला ३० १६ टिमको सहभागितामा बैंकले जेठ २२, २३ र २४ गते सञ्चालन गरिनेछ ।

LEAVE A REPLY