उपमेयर सुनिता डंगोलद्धारा आफ्नो महाँनगरले गरेका कामहरुको जानकारी

 

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले निर्वाचनपछि २ वर्षमा धेरै काम भएको जानकारी दिएकी छिन् । बुधबार एमालेको महानगर अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुलाई साक्षी राखेर उपमेयर डंगोलले एमालेका जनप्रतिनिधिले पार्टीको घोषणापत्र अनुसार सरसल्लाहमै काम जारी् राखेको बताएकी हुन् ।
महानगरपालिकाले गरेका धेरै कामहरु एमालेको घोषणापत्र बमोजिम भइरहेको भन्दै उनले एमालेको महानगर कमिटीले आफूहरुलाई समन्वय गरिरहेकी बताइन् । एमालेको प्रतिष्ठा बलियो बनाउनका लागि पनि निरन्तर काम गरिरेको उनको भनाइ छ । डंगोलले पछिल्लो उपनिर्वाचनले एमालेप्रति जनताको विश्वास बढाएको भन्दै अध्यक्ष केपी शर्मा ओलीको क्रेज समेत बढेको उल्लेख गरिन् ।

निर्वाचनपछि महानगरले गरेका कामहरु ः

१‍। महानगर बनाउन हरेकपटक सानो कुरामा पनि एमाले सभादलको बैठक बसेर पार्टीसँग निकट रहेर काम गरेका छौं । एमालेका जनप्रतिनिधिको एकै आवाज र एकै स्पिरिटमा काम होस् भन्नेमा पार्टीसँग समन्वय गरेका छौं ।

२। करीब २ वर्ष भयो स्थानीय सरकारको निर्वाचन भएको । एमालेबाट उपमेयरको उम्मेदवार बनेसँगै पार्टीको घोषणापत्रको आधारमा धेरै काम गरेका छौं । वडादखेखि केन्द्रसम्म महानगरभित्र पार्टीको घोषणापत्र बमोजिम हामीले जनताको काम गरिरहेका छौं । विर्सनै नहुने नाम घोषणापत्रको अधिकांश योजना बनाउने,चुनावी रणनीति बनाउने मागर्दर्शन गर्ने एमाले केन्द्रीय सदस्य पुर्वमन्त्री डा।अजय क्रान्ति,काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्य र उहाँको टिमको पनि महत्वपूर्ण योगदान छ ।

३। मलाई त्यसबेला उम्मेदवार भइरहदा र उपमेयर जित्दा धेरैले फुच्ची भनेर अण्डरस्टिमेट गरेका थिए । एक दुई महिनापछि थाकेर राजनीतिबाट साइड लाग्छ भन्थे । तर त्यो भन्दा उल्टो हामीले काम गरेका छौं । उमेरले सानो भए पनि ठूलो काम गर्न कदापी पछि हटेकी छैन र आगामी दिनमा पनि हट्ने छैन ।

४। कतिपय काम काठमाडौंबाट शुरु गरेर देशभर सन्देश दिने काम गरेका छौं । त्यसबेलाको केन्द्रीय सरकारले गर्नुपर्ने तर नसकेको काम काठमाडौंको उपमेयरको हैसियतले देशभरको न्यायिक समितिलाई एकै ठाउँमा उभ्याएर बहस गरेका छौ। । ७५३ स्थानीय तहका न्यायिक समिति एक ठाउँमा जम्मा भएर न्यायिक समितिको राष्ट्रिय सम्मेलन मेरो आफ्नो नेतृत्वमा गरेकी छु । देशभर यसले सन्देश पुर्याएको छ । न्यायिक समितिको महत्व दर्शाएको छ ।

५ ।वडा वडामा घर घरमा भएको समस्याका लागि पहल लिएका छौं ।जोसँग वकिल राख्न सक्ने अवस्था छैन उहाँहरुलाई ३२ वडामै निःशुल्क कानूनी सेवा दिइरहेका छौं । हामीले निःशुल्करुपमा मेलमिलापको काम गरेका छौं ।

६। शिक्षाको क्षेत्रमा हामीले अहिले सीप र शिक्षा र सँगै जोड्नुपर्छ भनेर बुक फ्री फ्राइडे थालेका छौं । अहिले हरके शुक्रवार विद्यार्थीले किताब छाडेर सीप सिक्छन् । सीपसँग सम्बन्धित व्यवहारिक ज्ञान स्कुलबाटै लिन सकेका छन् ।

७। श्रमको क्षेत्रमा पनि अहिले २०८१ मा कम्तिमा २०८१ जनालाई तालिम दिने भनेर सीप मेला टुँडिखेलमा आयोजना गरेका छौं । हिजोसम्मको आँकडा अनुसार ४५ हजारले फारम भर्नुभएको छ । यसबाट स्वरोजगार बन्ने मौका मिलेको छ ।

८। सम्पदा संस्कृतिको क्षेत्रमा निरन्तर काम गरेका छौं । काठमाडौं देशको राजधानीमात्र होइन देशको सांस्कृतिक केन्द्रबिन्दु पनि हो । काठमाडौंको कलाकृतिसँग यसको पहिचान जोडिएको छ । धेरै नीतिगत र बजेटमा समावेश गर्ने काममात्र गरेका छैनौं,म आफैं जात्राहरुमा सहभागी भएर प्रोत्साहन र हौसला दिने काम गरिरहेकी छु ।

एक महिनाअघि सेता मछिन्द्रनाथको रथ महिलाले तान्न सक्छन् भनेर शुरु गरेका छौं । इन्द्रजात्रा पनि महिलाको लागि अलग्गै टिम अघि बनाइरहेका छौं । जनप्रििनधि जनतासँगै हुनुपर्छ भनेर हरेक जात्राहरुमा म सहभागी भइरहेकी छु । हाम्रो कला संस्कृतिमा सँगै छौं भन्ने यो पार्टीको पनि मुख्य उद्देश्य हो ।

९। यो २ वर्षमा मैले निकै नजिकबाट काम गरेँ पार्टीको महानगर कमिटीसँग । म आफैं पनि राति सबै काम सकिएपछि घर गएपछि दिनभरी के भयो भनेर हेर्ने र पढने बानी छ । छिटोमा २ बजे वा साढे २ बजेमात्र सुत्छु । विहान ५ बजे अलार्म बज्नुअघि मेरो मोबाइल फोन बज्छ । त्यो पहिलो कल हाम्रै पार्टीको रामेश्वर कमरेडको हुन्छ । कहिले कहिँ त भर्खर सुतेका जस्तो लागछ तर उहाँको फोन आइसक्छ । आज के के काम गर्ने,कहाँ बैठक यस्ता नियमित अपडेट गर्नुहुन्छ । यसले मलाई कामप्रति सजग बनाउँछ । महानगर कमिटीको अध्यक्ष निर्मल देउला कमरेड विरामी भएर सुत्दा पनि पार्टी कामको चिन्ता गर्ने यस्तो टिमसँग काम गर्दा मैले धेरै सिकेकी छु । पार्टीको घोषणापत्र बमोजिम काम गर्न यो कमिटीले जसरी काम गरेको छ,अब बन्ने कमिटीलाई पनि अग्रिम शुभकामना छ ।

LEAVE A REPLY