रुसी हमलाबाट ७ जनाको मृत्यू भएको यक्रेनको जानकारी

 

युक्रेन । युक्रेनले बुधबार युद्धग्रस्त देशको चार क्षेत्रमा रूसी हमलाबाट सात जनाको मृत्यु भएकोजानकारी गरेको छ ।

रूसको सिमानामा रहेको पूर्वी सुमी क्षेत्रमा बुधबार भएको क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको क्षेत्रीय अधिकारीहरूले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

युद्धबाट बढी प्रभावित डोनेट्स्क क्षेत्रका गभर्नरलाई क्रेमलिनले रूसको हिस्सा भएको दाबी गरेको छ । उहाँले मङ्लबार छुट्टै आक्रमणमा तीन जनाको मृत्यु भएको बताउनुभएको छ ।

गभर्नर भादिम फिलास्किनले टोरेट्स्क सहरमा दुई जनाको मृत्यु भएको छ भने सेलिडोभमा मङ्गलबार भएको आक्रमणमा अर्का एक व्यक्तिको मृत्यु भएको बताउनुभयो ।

क्रेमलिनले सन् २०२२ मा कब्जा गरेको ब्लाक सी क्षेत्रको नियन्त्रणका लागि लडिरहेको बताउदै गभर्नर फिलास्किनले पछिल्लो समय रूसले आवास र पूर्वाधार सुविधाहरूमा गोलाबारी गरेको बताउनुभयो ।

रूसी आक्रमणका कारण एक जनाको मृत्यु भएको खेरसनका गभर्नर ओलेक्सान्डर प्रोकुडिनले बताउनुभयो ।

रूसी सेनाले गत हप्ता रूसको सिमानामा रहेको उत्तरपूर्वी खार्किभ क्षेत्रमा व्यस्त हार्डवेयर भण्डार केन्द्रमा गरेको आक्रमण यो हप्तामा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक थियो ।

LEAVE A REPLY