सरकारले हुबहु बजेट कार्यन्वयन गर्नु पर्दछ ःअध्यक्ष चन्द्रढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीको मनोबल उच्च बनाउन बजेटको मार्गनिर्देशन हुबहु कार्यान्वयन गर्न सरकार तयार हुनुपर्ने धारण राखेका छन् । आजकाठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
दोस्रो चरणको आर्थिक सुधारको विषय निजी क्षेत्रले चाहिरहेको बेला बजेटले सम्बोधन गरेको बताउँदै उनले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समावेश गर्ने उल्लेख गरिएकाले सरकारले बजेटको हुबहु कार्यान्वयन गर्नुपर्ने बताए । अध्यक्ष ढकालले लगानी कम्पनीको अवधारणा निजी क्षेत्रले उठाएकोमा बजेटले सम्बोधन गरेको बताउँदै खुशी व्यक्त गरे ।
बजेटको कार्यान्वयन चुनौतीपूर्ण हुने र यसतर्फ सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ

LEAVE A REPLY