खेलमा आज नेपाल र अमेरिका बीच भिडन्त

 

काठमाडौं । नेपललेटी २० विश्वकपअघि आज अमेरिकाविरुद्ध वार्म अप खेल खेल्दै छ ।
डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि सुरु हुने छ । यो खेल मौसमले प्रभावित गर्न सक्नेसमेत अनुमान गरिएको छ ।
नेपालले यसअघि क्यानडाविरुद्ध खेलेको वार्म अप खेलमा ६३ रनको हार बेहोरेको थियो । आइसीसी वरियतामा नेपाल १७औं स्थानमा छ भने अमेरिका १९औं स्थानमा रहेको छ ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

LEAVE A REPLY