राष्ट्रपति ट्रम्पलाई हश मनी आपराधिक मामीलामा सजाय सुनाईने

 

काठमाडौं । न्यूयोर्कको एक न्यायाधीशले डोनाल्ड ट्रम्पलाई आफ्नो न्यूयोर्कको ‘हश मनी’ आपराधिक मामिलामा व्यापारिक रेकर्डहरु गलत बनाएको ठहर सहित ३४ वटा अपराधमा दोषी ठहर गरेको छ। न्यायाधीश जुआन मर्चनले आगामी जुलाई ११ मा सजाय सुनाउने मिति तोकेका छन् ।

अभियोजकहरुले ट्रम्पलाई सन् २०१६ को राष्ट्रपति चुनावको अखण्डता कमजोर पार्ने गैरकानूनी षड्यन्त्रमा भाग लिएको र नकारात्मक जानकारी दबाउने गैरकानूनी योजना बनाएको आरोप लगाउदैसजाय सुनाउने भएका हुन् । , जसमा एक वयस्क चलचित्र स्टारलाई ‘हश मनी’ भुक्तानी लुकाउने गरेको आरोप पनि समावेश छ
ट्रम्पको वकिलहरूले यो मामिलामा कुनै ठोस प्रमाण नभएको र यो राजनीतिक प्रतिशोध भएको दावी गरेका छन्। तर, न्यायालयले प्रमाणहरूलाई विश्वासिलो ठानी ट्रम्पलाई दोषी ठहर गरेको दावी गरिएको छ। अभियोजन पक्षले यो निर्णयलाई न्यायको विजय भनेका छन् भने ट्रम्प समर्थकहरूले यसलाई राजनीतिक षड्यन्त्रको रूपमा लिएका छन्।

LEAVE A REPLY