काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले केही दिन अघि वर्तमान मन्त्रीहरुको सम्पत्ति सार्वजनिकरण गरेको छ । मन्त्रीमा सपथ खाएको केही दिनभित्रै गर्नुपर्ने सम्पत्ति सार्वजनिकरण सपथ खाएको करिब डेढ वर्षपछि गरिए पनि सर्वविश्वसनीय नभएको जानकारहरु बताउछन् । सार्वजनिकरण गरिएको सम्पत्ति विवरणमा केही मन्त्रीहरुको सम्पत्ति विश्वसनीय जस्तो देखिए जस्तै पनि केहीको विश्वास गर्नै नसकिने खालको देखिएको छ । जसले सम्पत्ति विवरण सार्वजनिक गर्ने काम भनेको झाराटार्ने काम मात्रै हो की भन्ने देखिन्छ । सरकारमा आसिन नयाँ मन्त्रीले पनि सम्पत्ति श्रीमतीकै नाममा राखेको सार्वजनिकरण पछि थाहा भएको छ । कसैले थोरै देखाएका छन्, कसैले वास्तविकभन्दा बढी पनि देखाएका होलान्, त्यो आफ्नो ठाउँमा छ तर पत्यारीलो भने देखिएन ।

जस्तो की प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग २५ लाख नगद र भरतपुरमा १४ कठ्ठा जग्गा भएको कुरा सार्वजनिकरण भयो । यसमा कसैले विश्वास मानेका छैनन् । प्रधानमन्त्री भएकै पटक पटक भईसक्यो । त्यस अवधिमा पाएका तलब भत्ता, सेवा सुविधा लगायतका रकमकै हिसाब अनुमान गर्दा करोडौं भएको हुनसक्ने आम नागरिकको आँकलन छ । त्यसैले उहाँको सम्पत्ति विवरणमा विश्वास गर्न सक्ने ठाउँ देखिएन ।
त्यस्तै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो पैतृक सम्पत्ति पार्टीलाई दिएको र खातामा एक लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाउनु भएको छ । सम्पत्ति पार्टीलाई बुझाएको भनिदा केही विश्वसनीय जस्तो देखिए पनि खातामा देखाएको थोरै रकमले वास्तविक नगद कति हो भन्ने थाहा हुन सकेन । त्यति रकम त अहिले नाम्लो बोक्ने कुल्लिको खातामा पनि हुन्छ । उहाँले अरु बाँकी रकम आफ्नो विश्वास पात्रको जिम्मा दिएको आँकलन गर्न सकिन्छ ।
त्यसैगरी गृहमन्त्री रवि लामिछानेले पनि आफ्नो बैंक खातामा एक लाख नगद भएको र अरु सबै श्रीमतीका नाममा भएको जनाएका छन् । सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रविले आफूसँग एकलाख नगद भएको कुरा सार्वजनिक गरेता पनि उनीसँग त्यति रकम मात्र होला भनेर कल्पनै गर्न सकिदैन ।
त्यस्तै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महाँसेठले पनि अधिकांश सम्पत्ति श्रीमतीकै नाममा भए पनि आफुसँग जनकपुरधाममा ४२०० वर्ग मिटरमा जग्गा, घर, ललितपुरमा दुई रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ विघा जग्गा र घर र ललितपुरकै अर्को ठाउँमा एक रोपनी सात आना जग्गा रहेको र महासेठकै नाममा धनुषामा एक विघा बढी जग्गा, २ करोड २५ लाख रुपैयाँ नगद, ४३ तोला सुन, १।५केजी चाँदी रहेको महासेठको सम्पत्ति विवरणमा देखिन्छ । विवरण अनुसार सबैभन्दा सम्पन्न मन्त्री महासेठनै देखिन्छन् । विवरणले धेरै सम्पत्ति देखाउँदा वास्तविकता बढी पो होकी भन्ने शंका गर्ने ठाउँ देखिन्छ । तर उनको पैतिृक सम्पत्ति धेरै भएको उनी निकटले बताउने गर्दछन् । त्यसकारण उनको सम्पत्ति चाहि वास्तविकता छ कि भन्नेमा विश्वास गरिन्छ ।
त्यस्तै शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो नाममा चल सम्पत्ति रु डेढ करोड भएको र अन्य अचल सम्पत्ति सगोलमा रहेको सार्वजनिक गर्नुभएको छ । त्यो तथ्य भने पत्याउन सकिने खालकै देखिन्छ । यस्तै अन्य मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरण पनि यहाँ उल्लेख गरिएको छ ।
त्यस्तै सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौंमा दुई वटा घर, थप जग्गा र प्रशस्त सुनचाँदी र नगद मौज्दात रहेको पाइएको छ । सम्पत्ति विवरणअनुसार उहाँको डोल्पामा पैतृक सम्पत्ति रहेको छ भने श्रीमती हिमालीको नाममा १७ र २० आना क्षेत्रफलको जग्गामा काठमाडौं महानगरपालिका बडा नम्बर ६ मा दुईवटा घर रहेको छ। यस्तै, श्रीमती हिमालीकै नाममा काठमाडौं महानगरपालिका ६ मै अर्को ६ आना जग्गा पनि रहेको छ। यस्तै, उहाँको १५० तोला सुन र ३०० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै, मन्त्री बुढाको नाममा १५ लाख बैंक ब्यालेन्स रहेको छ भने श्रीमतीको नाममा थप ४५ लाख नगद रहेको छ ।
वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले आफूसँग १२ बोरको एक थान बन्दुक ९राइफल० रहेको उल्लेख गर्नुभएको छ । त्यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र राजविराजमा श्रीमती र छोरासहित गरी नौवटा घर रहेको छ । उहाँले पेस गरेको विवरणमा १५ ठाउँ जग्गा देखाइएको छ । छोरा बुहारी र पत्नीको नाममा १५८ तोला सुन रहेको छ । ८० लाख ऋण छ ।
श्रम, रोजगार तथा सुरक्षा मन्त्री डिपी अर्यालले आफ् नो सम्पत्ति विवरणमा १२ स्थानमा रहेको जग्गा, काठमाडौंमा घर, सुन, बैंक खातामा रहेको नगद देखाउनुभएको छ । अर्यालले धादिङ, काठमाडौं, लमजुङ र भक्तपुरमा रहेका जग्गा देखाउनुभएको हो । धादिङ र काठमाडौंमा रहेका जग्गा अम्बिका केसीको नाममा रहेको अर्यालले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । लमजुङ र भक्तपुरमा रहेको जग्गा आफ् नो नाममा रहेको अर्यालले सम्पत्ति विवरण देखाउनुभएको छ । १२ ठाउँमा रहेको जग्गाको मूल्य पाँच करोड, २८ लाख रुपैयाँ बराबरको रहेको अर्यालले सम्पत्ति विवरणमा उल्लेख छ। निजी कमाई र व्यापारबाट सम्पत्ति जग्गा किनिएको अर्यालले विवरणमा देखाउनुभएको छ । अर्यालसँग सुन १५० तोला, चाँदी १०० तोला र हिरा १० तोला रहेको छ । पाँच बैंक र एक सहकारीमा अर्याल र श्रीमती अम्बिका केसीका नाममा रकम देखाउनुभएको हो । अर्याल र श्रीमती केसीका नाममा ६७ हजार कित्ता सेयर छ । उहाँसँग एक करोड २५ लाख ४३ हजार रुपैयाँमा किनेको प्राडो कार छ । अर्यालको स्वामित्वमा स्वयम्भू स्टार ब्यांकेट, सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालि, इजी लिंक र एपिए हृयाण्डीक्राफ्ट रहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो र परिवारको नाममा तीनवटा घर भएको सम्पत्ति विवरण बुझाउनुभएको छ । मन्त्री जोशीले आफ्नो नाममा बझाङ जयपृथ्वी नगरपालिका–७ मा २ रोपनी क्षेत्रफलमा बनेंको घर रहेको उल्लेख गर्नुभएको हो । त्यस्तै, मन्त्री जोशीले जयराज जोशीको नाममा बझाङमै दुई रोपनी क्षेत्रफलमा बनेको पैतृक घर पनि उल्लेख गर्नुभएक्लो छ । काठमाडौँ कीर्तिपुरमा जयलक्ष्मी देवी जोशीको नाममा एउटा घर छ । त्यस्तै, बझाङमै जयराज जोशीको नाममा जग्गा छ । काठमाडौंको चन्द्रागिरिमा चार आना दुई दाम निर्मलाकुमारी कोइरालाको नाममा जग्गा छ । मन्त्री जोशीले चार तोला सुन भएको उल्लेख गर्नुभएको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय वाणिज्य बैंकमा सात लाख ५० हजार रुपैयाँ मौज्दात रहेको उल्लेख गर्नुभएको छ । त्यस्तै, चल सम्पत्तिमा १३ लाख नगद पनि छ, जसलाई उहाँले तलब भत्ताबापत पाएको भन्नुभएको छ । त्यसैगरी, उहाँको जन्मथलो नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ओठ आना तीन पैसा एक दाम जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख गर्नुभएकों
छ । त्यसबाहेक तामाङसँग ६ तोला सुन र सात÷आठ तोला चाँदी रहेको विवरणमा उल्लेख छ ।
अर्थमन्त्री वर्षमान पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ मौज्दात छ । उक्त रकम पुनले तलब भत्ता, भ्रमण भत्ता समेतबाट प्राप्त गरेको उल्लेख गर्नुभएको छ । त्यसैगरी उहाँको जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमां ८२० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख गर्नुभएको छ । त्यसबाहेक पुनसँग एक थान हलुका सवारीसाधन पनि छ, जसलाई उहाँको पार्टीको सम्पत्ति भन्नुभएको छ ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा काठमाडौँ महानगरपालिका– २४ मा इन्द्रचोंकमा दुई आना जग्गामा घर र काठमाडौं महानगरपालिका–१३ ताहाचलमा चार आना जग्गामा घर रहेको देखाउनुभएको छ । इन्द्रचोकमा रहेको जग्गा र घर वीरेन्द्रभक्त श्रेष्ठको नाममा तथा ताहाचलमा रहेको जग्गा र घरं विकास श्रेष्ठको नाममा रहेको उल्लेख छ । उहाँले आफ्नो सम्पत्ति विवरणमा यी दुवै स्थानमा रहेका जग्गा र घर सगोलको पैतृक सम्पत्ति बिक्री गरेर प्राप्त भएको उल्लेख गर्नुभएको छ । यसैगरी, श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा १५ तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गर्नुभएको छ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो सम्पत्ति विवरणमा श्रीमान् कृष्णध्वज खड्काको नाममा काठमाडौंको कीर्तिपुरमा घर रहेको उल्लेख गर्नुभएको छ । ६ आना एक पैसा दुई दाम क्षेत्रफलमा बसेको उक्त जग्गामा साढे दुई तलाको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । प्युठानमा जग्गा, चल सम्पत्तिमा ६ तोला सुन, दुई तोला चाँदी, विभिन्न बैंकमा नगद मौज्दात रहेको उल्लेख छ । यस्तै, एउटा होण्डाई। कार रहेको पनि उहाँको सम्पत्ति विवरणमा उल्लेख छ ।
कानुनमन्त्री पदम गिरीको पर्वतमा सात आना जग्गा रहेको छ । त्यो पैतृक सम्पत्ति रहेको उल्लेख गर्नुभएको छ । उहाँले आफूसँग २३ तोला सुन र पारिश्रमिकबाट आएको एक लाख बैंक खातामा रहेको उल्लेख गर्नुभएको छ । न्यु ऐरा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस पोखरामा ऋण र पैतृक सम्पत्तिबाट ५० लाख र लगानी गरेको उल्लेख गर्नुभएको छ । यस्तै, नेपाल बैंकबाट ४० लाख ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

LEAVE A REPLY