बालमन्दिर जग्गा प्रकरणमा पूर्वउपाध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौँ । काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्व उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठलाई शुक्रवार काठमाडौंबाटै पक्राउ गरेको हो ।यसअघि बाल मन्दिरको जग्गा भाडा प्रकरणमा जिल्ला अदालत काठमाडौँबाट २० जनालाई पक्राउ पुर्जी जारी गरिएको थियो ।

सङ्गठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने गरिएको आरोपमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सिआईबीका एक पदाधिकारीका अनुसार पक्राउ पुर्जी जारी भएकाहरूमाथि नेपाल बाल सङ्गठनलाई हानी नोक्सानी पु¥याउने उद्देश्यले बिसं २०४९ सालदेखि बिसं २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बदनियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लागेको छ ।

नक्सालमा रहेको करिब २८ रोपनी पाँच आना एक पैसा जग्गा वार्षिक रु एक करोड नौ लाख तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको बताइएको छ ।

LEAVE A REPLY