सत्ता गठबन्धनमा खटपट र असन्तुष्टि बढ्दै

काठमाडौं । समृद्ध देश बनाउन भन्दै संसदको दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्र सम्मिलित सत्तारुढ गठबन्धनमा यति बेला खटपट र असन्तुष्टि चरुम रुपमा बढ्दो छ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुटेर गत फागुन २१ गते माओवादी÷एमाले नेतृत्वको वर्तमान गठबन्धनको सरकार बनेको भए पनि अहिले त्यो सरकारभित्र खटपटी र असन्तुष्टि बढ्नु मुलुकका लागि विडम्बना भएको छ । सत्ता स्वार्थकै लागि बारम्बार यस्ता विडम्बना निम्तिनु राम्रो संकेत होइन । एमाले नेतृत्वको गठबन्धनमा प्रचण्डले सरकारको नेतृत्व गर्न भएको छ । तर पनि एमाले नै असन्तुष्ट छ । जुन कामका लागि सरकारमा गएका हौं, त्यही नभए पछि कसरी सन्तुष्ट हुने भन्दै एमालेले सरकारमा जानुको औचित्य नै खोज्न थालेको छ । यो अवस्थाले वर्तमान गठबन्धनभित्र को दोषी भन्ने प्रश्न उठ्न सक्नु स्वभाविकै भएको छ । गठबन्धनमा अन्य साना दल सम्मिलित भए पनि मुख्य भूमिका नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै देखिन्छ । वर्तमान गठबन्धनमा अन्य साना दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी९नेकपा एस० र जनता समाजवादी पार्टी
९जसपा० अशोक कुमार राई नेतृत्वको जसपा आबद्ध भएका छन् । कांग्रेस नेतृत्वको गठबन्धनबाट र एमाले नेतृत्वको गठबन्धनबाट राम्रा काम हुन नसकेपछि अब जनताले कुन दलको नेतृत्व र सरकारबाट राम्रो कामको अपेक्षा गर्ने । ५ वर्षका लागि भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा करिब १८ महिना अर्थात् पौने २ वर्ष आसै आसमा बितिसकेको छ । अब त लाग्छ बाँकी सवा ३ वर्ष पनि यसरी नै बित्छ ।
हुन त वर्तमान गठबन्धन बन्दादेखि नै आबद्ध दलहरु बीच मनमुटाव नभएको होइन । त्यसमाथि पनि पछिल्ला दिनहरुमा आन्तरिक मतभेद थप बढ्न थालेको छ । यसले सत्ताबाट बाहिरिनु पर्ने अवस्था आए पनि जेनतेन सत्ता टिकिरहेकै छ । टिकेर उल्लेखनीय काम भने गर्न सकेको छैन । पछिल्ला दिनहरुमा गठबन्धन निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका नेताहरुबाटै गठबन्धन सरकारप्रति आक्रोशपूर्ण टिप्पणी सुरु भएको छ । विशेष गरी आबद्ध दलहरु नेकपा एमाले, रास्वपा र नेकपा एसमा सरकार प्रतिको असन्तुष्टि बढ्दो छ । सरकारको कार्यशैलीको विषयलाई लिएर प्रश्न उठ्न थालेका छन् । सरकारलाई समर्थन दिएको रास्वपा नै सरकारलाई दिएको समर्थन बारे समिक्षा गर्नुपर्ने बेला आएको भन्न थालिसकेको
छ । सत्तारुढ दलका प्रमुख घटक नेकपा एमाले अध्यक्ष ओली त झन् बजेटलाई लिएर सरकारप्रति निरन्तर असन्तुष्टि व्यक्त गर्दै आउनु भएको छ । आर्थिक वर्ष २०८१÷०८२को बजेट प्रति पछिल्ला दिनहरुमा ओलीले आक्रोश पोख्नु थाल्नु भएको छ । यस्तै क्रम बढ्दै जाने हो भने सरकार नै भताभुंग नहोला भन्न सकिदैन ।
सत्ता गठबन्धनकै विषयलाई लिएर सरकारका केही मन्त्री र प्रतिपक्षी दलका नेताहरुले विभिन्न टिका टिप्पणी गर्दै आएका छन् । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनको विषयमा रास्वपाभित्र समिक्षा भइरहेको बताउनु भएको छ । त्यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले सरकारमा भएर पनि नभए जस्तो व्यवहार गरेको आरोप लगाउनु भएको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बहादुर चन्द विप्लवले अर्थतन्त्र निर्माणमा सरकार अलमलमा परेको बताउनुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको कुरा गर्न नसुहाउने जिकिर गर्नुभएको छ ।
त्यस्तै गरी आफै नेतृत्वको गठबन्धनको सरकारले विकासका काममा ध्यान पुर्याउन नसकेको र आफुहरु देश विकासकै लागि सरकारमा सामेल भएको वक्तव्य दिनुभएको छ । उहाँले संसद भवनस्थित ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भन्नुभयो– ‘एमाले देशलार्य गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभए पछि सन्तोष जनाउने ठाउँ नै रहेन ।’ एक दुई जनाको मुख हेरेर सरकारमा छदैछौं भनेर नहुने तर्कसमेत गर्नुभयो । अध्यक्ष ओलीले सम्बोधनकै क्रममा एमालेले चलाइरहेको मन्त्रालयहरुको बजेटको स्थिति राम्रो नभएको र त्यस्ता विषयमा खुलेर छलफल गर्न पार्टीका सांसदहरुलाई दिर्नेशन दिनुभयो ।

LEAVE A REPLY