सिंहदरबार सर्वसाधारणका लागि पनि खुल्ला रहने—गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार सबैका लागि खुल्ला भएको घोषणा गरेका छन् । आफुले कार्यभार सम्हालेको सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरी सिंहदरबार प्रवेशका लागि सबै नागरिकको प्रवेश सुनिश्चित गरिएको बताए । उनले सिंहदरबार प्रवेश व्यवस्थापनलाई थप सहज र प्रविधि मैत्री बनाउने उद्देश्यले गृहमन्त्रालयले क्यूआरकोटसहितको सिंहदरबार गेट पास प्रणाली सञ्चालनमा ल्याएको जानकारी गराए । यस सुविधाबाट अब सेवाग्राहीले घरबाटै सिंहदरबार प्रवेशका लागि पास लिन सक्ने भएका छन् । सिंदरबार प्रवेश पहुँचवालाहरुका लागि मात्र हुने, आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउने जस्ता असहज प्रवृत्ति जस्ताको अन्त्य गरी आम नागरिकका लागि सिंहदरबार खुल्ला गरिएको मन्त्री लामिछानेको भनाई छ । सुरक्षित तरिकाले आम नेपालीका लागि अब सिंहदरबार खुल्ला छ भन्दै सिँधै गृहमन्त्रीलाई आफ्नो समस्या राख्न सकिने पनि बताए ।

LEAVE A REPLY