अब कतारएयरवेजको उडानको टिकट काट्दा अनलाईन प्रोमोसनल कोड प्रयोग गर्नु पर्ने

 

काठमाडौं । एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई छुट उपलब्ध गराउने भएको छ ।
बैंकले एयरवेजसँग गरेको समझदारी अनुसार एनएमबी बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका अनुसार छुट प्राप्त गर्न नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोसनल कोड प्रयोग गर्नुपर्नेछ । यो अफर मार्फत ग्राहकहरूले सुपथ मुल्यमा आरामदायी उडानको लाभ लिन सक्नेछन् ।

LEAVE A REPLY