महाँधिवेसनकालागि आर्थिक संकलन गर्दै नेकपासमाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन प्रचार तथा आर्थिक संकलनका लागि सोमबार सांस्कृतिक साँझ आयोजना हुने भएको छ ।
पार्टी निकट जनसांस्कृतिक महासंघले राष्ट्रिय नाचघरमा आयोजना गर्ने सांस्कृतिक साँझमा राष्ट्रिय कलाकारहरूको सहभागितामा विभिन्न गीत, नृत्य तथा सांगीतिक रचना प्रस्तुत गर्न लागिएको महासचिव ऋषि अधिकारीले जानकारी दिए
यही असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको महाधिवेशनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्ने कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतको हभागिता रहनेछ । त्यहाँ विभिन्न जातजाति तथा भाषा, मौलिक संस्कृतिका गीत र नृत्य प्रस्तुति हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा पार्टीको महाधिवेशनका लागि आर्थिक सहयोग संकलन गरिने महासचिव अधिकारीले जानकारी दिए ।

 

LEAVE A REPLY