काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । एमालेले कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
एमालेले आफ्ना मन्त्रीहरुले पनि राजीनामा गराइसकेको छ । एमाले सकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने पावधान छ ।तर, प्रधानमन्त्री दाहालले आफूले संवैधानिक प्रावधानअनुसार सदनमा विश्वासको मत लिने भनिसकेका छन् । प्रधानमन्त्री दाहालले आफूनिकट नेताहरुसँगको छलफलपछि असार २८ गते सदनमा विश्वासको मत लिने निधो गरेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
विश्वासको मत लिने औपचारिकता पूरा गरेसँगै प्रधानमन्त्री दाहालन्यून मत कै कारण सरकारबाट बाहिरिने छन् । २७५ सदस्य रहेको संसदमा प्रधानमन्त्री दाहालको पक्षमा हालसम्म उनको पार्टीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ र एकीकृत समाजवादीसँग १० सिट गरी जम्मा ६३ मात्र पुग्छ । यसरी विश्वासको मत गुमाएपछि प्रधानमन्त्री दाहाल सरकारबाट हट्ने छन् ।
।







