केइराकी लडाकू समूह इजरायल र अमेरिकाविरुद्ध लड्न तयार भएकै हो त?

काठडौं । गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र अमेरिकाविरुद्ध लडाइँ गर्न तयार रहेको जनाएको छ ।
इराकमा इस्लामिक प्रतिरोधका एक फिल्ड कमान्डरले लेबनानमा युद्ध बढ्ने सम्भावना रहेकोप्रति संकेत गर्दै यस्तो बताएका हुन् । एएफपीसँग कुरा गर्दै ती कमान्डरले इरान समर्थित समूहले लेबनानमा विशेषज्ञ र सल्लाहकार पठाएको उल्लेख गरे ।
यसैबीच इराकी राजनीतिक वैज्ञानिक अली अल–बैदारले यदि इजरायल र लेबनानको हिजबुल्लाह लडाकू समूहबीच ठूलो युद्ध भयो भने द्वन्द्व लेबनानको क्षेत्रमा मात्र सीमित नहुने चेतावनी दिएका छन् ।
गठबन्धनमा लेबनानको हेजबुल्लाह र यमनको हुथी विद्रोही समावेश छन् । हालैका हप्ताहरूमा इराकमा इस्लामिक प्रतिरोधले हुथीहरूसँगको सहकार्यमा इजरायलविरुद्ध ड्रोन हमलाको जिम्मेवारी लिएको छ ।
इजरायली सेनाले आक्रमणकारीको नाम उल्लेख नगरी अप्रिलदेखि पूर्वबाट थुप्रै हवाई आक्रमण भएको तर ती सबैलाई हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै रोकिएको पुष्टि गरेको छ ।

LEAVE A REPLY