भ्रष्टाचार नियनत्रण गर्ने काम सरकारको प्राथमिकतामा ः गृह मन्त्री लेखक

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ ।
सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उहाँले अर्थतन्त्रमा शिथिलता र संकुचन देखिएको भन्दै अर्थतन्त्रलाई चलायनमान बनाएर उकास्ने र संविधानका मूल तत्वहरुलाई बलियो बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको बताउनु भयो
उहाँले भन्नुभयो ः ‘राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने, अर्थतन्त्रमा शिथिलता संकुचन जुन देखिएको छ अर्थतन्त्रलाई चलायनमान बनाएर उकास्ने, संविधानको समीक्षा र मुल्यांकन गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीता जुन संविधानका मूल तत्वहरु छन् त्यसलाई बलियो बनाउने सरकारको प्राथमिकता हुन् ।’

LEAVE A REPLY