सुदामा १४ औं वर्षमा प्रवेश

प्रकाशकीय

सुदामा साप्ताहिक आजदेखि नियमित प्रकाशनको १३ वर्ष परागरी १४ औं वर्षमा प्रवेश गरेको छ । बजारमा अनगिन्तिरुपमा प्रकाशन हहँदैआईरहेका विभिन्न पत्रपत्रिकाहरुका माझ आफूलाई उपस्थित गराएर उनीहरुसँग प्रतिस्पर्धा गर्दै र विभिन्न खालका समस्याको सामना गर्दै, आरोह–अवरोह झेल्दै पाठकहरुको हातमा नियमित र समयमै हात हातमा आफ्नो प्रकाशन पुर्याउन सक्नु आफैंमा आत्मा गोरवको विषय भएको छ ।
कतिपय मिडियाले पित पत्रकारिता गरेर अर्थ आर्जन गर्दछन् भनेर आरोप खेपीरहेका वेला सुदामाले त्यसआरोपलाई चिर्दे मौलिक र खोजमुलक समाचार सम्पे्रषणमा विषेश जोडदिंदै आफ्नो दायित्वमा अडिग रहेको यहाँहरुलाई अवगत भएकौ हुनु पर्दछ । पाठक वर्ग र समयको माग अनुसार जनपक्षीय समाचार सम्प्रेषण गर्दै जाने प्रतिबद्धता पनि सुदामाले गर्दै आएको छ । सुदामाका सम्प्रेषित समाचारलाई अनलाईन तर्फ लाने बारम्बारको प्रयास पछि अघिल्लो श्रावणमा विधिवतरुपमा दर्तागरी सम्प्रेषित समाचारलाई अनलाईन मार्फत पनि प्रकाशित गरीदै आएको छ । साथै सुदामा अनलाईमा समसामयिक समाचार पनि दैनिकरुपमा प्रकाशन गरिदै आइरहेको हुँदा अनलाइन खोली नेत्रपान गर्न पनि यहाँहरुलाई सुदामा परिवार हार्दिक अनुरोध गर्दछ ।
सुदामा हरेक कोणबाट र विभिन्न बाधाअड्चनका साथ आफ्नो गणस्तरीयतामा बृद्धि गर्दै आएको तत्थ्य कुरा पनि यहाँहरलाई अवगत भएकै हुनु पर्दछ । सुदामाको आफ्नो लगनशीलता र प्रकाशन प्रति अहोरात्र खटेर लागेको देखी त्यसको कदर गर्दै आ– आफ्नो क्षेत्रबाट सहयोग गर्दै आउनुएका विज्ञापन दाता, लेखक वर्ग ,पाठक वर्ग , शुभचिन्तक, कम्प्युटर अपरेटर ,र छापाखाना लगायतमा हार्दिक आभारव्यक्त गर्दै आगामी दिनहरुमा पनि यसरी नै साथ र सहयोग पाईरहने अपेक्षा गर्दछु । यहाँहरुको सानो सहयोग पनि ठूलो हुने मैले ठानेको छु ।
सम्पादक, प्रकाशक ः गोपाल आचार्य

LEAVE A REPLY