कक्षा १२ मा ५२।९१ प्रतिशत विद्यार्थी उक्तीर्ण
काठमाडौं । शुत्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलबाट ५२।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल विद्यार्थीमध्ये एक सय २२ विद्यार्थीको नतिजा रद्द भएको छ ।
परीक्षाफल अनुसार १ लाख ८७ हजार विद्यार्थी ननग्रेडेड एनजी भएका छन् । परीक्षामा सहभागी भएका नियमिततर्फका ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थीमध्ये २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी अर्थात् ५२।९१ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् ।

सबैभन्दा बढी २।८१ देखि ३।२० जीपीए प्राप्त गर्ने विद्यार्थी छन् । उक्त जीपएमा पास हुनेको संख्या ७८ हजार ७५ रहेको परीक्षा बोर्डले जनाएको छ ।
२ं४१ देखि २ं।८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ रहेको छ भने ३।२१ देखि ३।६० जीपीए प्राप्त गरेर ४६ हजार ८ सय ९३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

सबैभन्दा माथिल्लो ३।६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ रहेको परीक्षा बोर्डले जनाएको छ । गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।

LEAVE A REPLY